ज्ञानेन्द्र आए, झलनाथ गए :

पूर्वराजा ज्ञानेन्द्र पाँच साता लामो भारत-भ्रमणपछि नेपाल फर्किएका छन् भने एमाले अध्यक्ष झलनाथ खनाल भारत गएका छन् । बुधबार अपराह्न २ बजे ज्ञानेन्द्र र झलनाथ एकैपटक अन्तर्राष्ट्रिय विमानस्थलमा थिए, तर विमानस्थलमा आउने र जाने बाटो फरक भएकाले उनीहरूबीच भेट भने भएन ।पूर्वराजा ज्ञानेन्द्रलाई 'रिसिभ' गर्न पूर्वयुवराज पारस र उनकी पत्नी हिमानी विमानस्थल पुगेका थिए, तर फरक-फरक गाडीमा । हिमानी विमानस्थल पुगेको करिब १० मिनेटपछि पारस पुगेका थिए । तर, र्फकंदा भने उनीहरू एउटै गाडीमा फर्किएका थिए ।पूर्वयुवराज र पूर्वयुवराज्ञी पनि पूर्वराजासँगै निर्मल-निवासमा छन् । पारस केही दिनअघि सिंगापुरबाट काठमाडौं आएका थिए भने हिमानी नयाँदिल्लीबाट काठमाडौं आएकी थिइन् ।त्रिभुवन विमानस्थल ओर्लेपछि पूर्वराजा नागार्जुन नगई सोझै निर्मल-निवास गएका थिए । निर्मल-निवासमा केही दिन बसेपछि नागार्जुन जाने कार्यक्रम रहेको स्रोतको भनाइ छ । एक महिना सात दिन लामो भारत भ्रमणपछि ज्ञानेन्द्र बुधबार अपराह्न जेट एयरको नियमित उडानबाट काठमाडौं आएका हुन् ।ज्ञानेन्द्र आफन्तको बिहेमा सहभागी हुन २१ मंसिरमा भारत गएका थिए । बिहे उडिसामा भए पनि उनले दिल्लीमा पनि महत्त्वपूर्ण समय बिताएका थिए । आइतबार स्व्ादेश र्फकने कार्यक्रम रहे पनि थप स्वास्थ्य-परीक्षण गराउनुपर्ने भएकाले तीन दिन पर सरेको स्रोतले बताएको छ ।उनी भारतबाट काठमाडौं आउँदा नयाँदिल्लीको एपोलो अस्पतालमा पुनः स्वास्थ्य-परीक्षण गराएका थिए । दोस्रोपटक परीक्षण गराउँदा पनि रगतमा कोलेस्ट्रोल बढेको पाइएको र डाक्टरहरूले चिल्लो र बोसोयुक्त खाना नखान सचेत गराएको स्रोतको भनाइ छ । काठमाडौंबाट भारत जाँदा पनि उनले एपोलोमा स्वास्थ्य-परीक्षण गराएका थिए ।पहिलोपटक पूर्वरानी कोमलको कानको मेसिनको ब्याट्री फेरिएको थियो । तर, उनको श्रवणशक्ति दुरुस्त भएकाले दोस्रोपटक भने उनकोे स्वास्थ्य-परीक्षण गरिएको छैन ।उडिसामा रहँदा पनि पूर्वराजा एकपटक नयाँदिल्ली आएका थिए । त्यस क्रममा उनले भारतीय नेता लालकृष्ण आडवाणीसहित केही सांसदलाई भेटेका थिए । उनी नयाँदिल्ली भएरै उडिसा गएका थिए । पूर्वराजा र भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा कांग्रेस आई अध्यक्ष सोनिया गान्धीबीच भने भेट नभएको बताइएको छ ।पूर्वराजासँगसँगै स्वकीय सचिव सागर तिमिल्सिना पनि स्वदेश फर्किएका छन् । गणतन्त्रको कार्यान्वयनपछि पूर्वराजाको यो दोस्रो भारत-भ्रमण हो ।ज्ञानेन्द्र विमानबाट झरेर बाहिरिँदै गर्दा एमाले अध्यक्ष खनाल विमानतिर जाँदै थिए । ज्ञानेन्द्र आफन्तको बिहेमा सहभागी हुन भारत गएका थिए । एमाले अध्यक्ष खनाल हरिद्वार मेलामा सहभागी हुन गएको उनका स्वकीय सचिव निर्मल भट्टराईले बताए । उनका साथमा पत्नी रविलक्ष्मी चित्रकार पनि छिन् ।'यो उहाँको विशुद्ध पारिवारिक भ्रमण हो,' भट्टराईले नयाँ पत्रिकासँग भने, 'हरिद्वारमा हुने सांस्कृतिक मेलामा सहभागी भएर र्फकने कार्यक्रम छ ।'बुधबार बिहान कांग्रेस सभापति कोइरालासँग भेटेपछि खनाल भारत प्रस्थान गरेका हुन् । तर, कार्यक्रम तीन दिनअघि नै तय भएको भट्टराईले दाबी गरे । 'अचानक होइन, तीन दिनअघि नै भ्रमण तय भएको हो,' उनले भने । खनाल ३ माघमा स्वदेश र्फकने कार्यक्रम रहे पनि भ्रमण लम्बिन सक्ने भट्टराईले बताए । 'माघ ३ मा र्फकने कार्यक्रम छ, तर भ्रमण लम्बिन पनि सक्छ,' भट्टराईले नयाँ पत्रिकासँग भने ।खनालले भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका वरिष्ठ नेता तथा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ज्योति बसुलाई पनि भेट्ने कार्यक्रम रहेको स्रोतले बतायो । गम्भीर बिरामी रहेका बसुको कोलकातास्थित अस्पतालमा उपचार भइरहेको छ ।

source:nayapatrika