दुइ गाविसवासीद्वारा प्रहरी चौकीमा आक्रमण / प्रहरीद्वारा हवाई फायर :

अछाम जिल्लाको विनायक प्रहरी पोस्टमा दुइ गाविसका बासिन्दाले बुधबार आक्रमण गरेका छन्। मदिरा पिएको व्यक्तिलाई प्रहरीले कारबाही र कुटपिट गरेको भन्दै ५ सयभन्दा बढी मानिसले सो प्रहरी चौकी घेराउ गर्दै एक जना प्रहरीलाई घाइते बनाइदिएका छन्। घटना दिउँसो ४ बजेतिर भएको बताइएको छ। प्रहरीको संयमताका कारण चौकी तोडफोड हुनबाट बचेको छ। गाउँलेहरूले ३ दिनअघि मदिरा पिएको भनी तोली गाविसका शिक्षक र्सप रावललाई समाती कारबाहीका साथै कुटपिट गरेको भन्दै बुधबार दिउँसो सो चौकी र्घर्ेन आएका थिए। सो क्रममा गाउँलेवासी र प्रहरीबीच झडप हुँदा प्रहरी जवान महेश बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो। घाइतेलाई जिल्ला अस्पतालमा ल्याउने कार्य भइरहेको छ। उता विनायकवासी नितेश रिमालले दिएको जानकारीअनुसार तीन जना प्रहरी घाइते भएका छन्। घटनाको सम्पूर्ण जानकारी आउन नसकेको प्रहरी प्रमुख केसीले बताउनुभयो। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो। सो चौकीमा १२ जना प्रहरी छन्।

source:nepalsamacharpatra