वैशाख १३ - रक्षामन्त्री विद्या भण्डारीले माओवादी सत्ता कब्जा तर्फ उन्मुख भए त्यसलाई रोक्न सरकारले सवै किसिमका सुरक्षा उपाय अपनाउने वताएकी छिन् ।
आफुले भने जस्तो नभएपछि माओवादी मुलुकलाई नै असफल बनाउन लागि परेको उनले आरोप लगाइन । माओवादी वितण्ड मचाउँदै गए सरकार मुख दर्शक भएर नवस्ने उनको भनाइ थियो ।
रक्षामन्त्री भण्डारीले आन्दोलनमा हिंसा मिसीए नियन्त्रण गर्न सवै उपाय अपनाइ संविधान र जनताको जिउधनको रक्षा गर्ने बताइन् । आज विराटनगरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री भण्डारीले प्रधानमन्त्रीले सेनालाई सर्तकतामा रहन मात्र भन्नु भएको वताउनु भएकी छिन् । माओवादी गलत वाटो हिडेको भन्दै मन्त्री भण्डारीले केहि दिनमा नै उनीहरुले घुडा टेकेर सहि मार्गमा आउनु वताइन् । जेष्ठ १४ गते संविधान नलेखीएपनि मुलुक संविधान विहीन नहुने जिकीर गर्दै मन्त्री भण्डारीले अन्तरीम संविधानमा केहि संसोधन गरेर अघि बढ्ने उनको भनाइ थियो । रक्षा मन्त्रि विद्यादेवी भण्डारीले संविधान निर्माण सरकारले गर्ने नभइ संविधान सभाले गर्ने बताइन । संविधान निर्माण गर्ने जिम्मेवारी दलहरुले सरकारलाई दिए संविधान बनाएर देखाइदिने उनको दावी थियो । माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा अबरोध पुर्याएर अराजकता र हिंसा तर्फ मुलुकलाई धकेलेको मन्त्रि भण्डारीको भनाइ थियो । मजदुर दिवसका दिन सत्ता कब्जा गर्ने उद्देश्यले माओवादीले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गरेको उनले वताइन ।
source:kantipur