राजधानीमा तनाव/जोरपाटीमा चार सुरक्षाकर्मी घाइते/शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप/ पेस्तोल सहित ९ माओवादी कार्यकर्ता पक्राउ :

वैशाख २४ - शुक्रबार साँझ प्रहरीले पर्वतको शिवालय चोकबाट ९ जना माओवादी कार्यर्तालाई पेस्तोल सहित प्रकाउ गरेको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा बोकेर ल्याएको अबस्थामा माओवादी कार्यकर्ताबाट एक थान रिवलवल पेस्तोल सोको एक थान गोली र तीनओटा खुकुरी बरामद गरेको छ ।

प्रकाउ पर्ने माओवादी कार्यकर्ताहरुमा १८ वर्षीय सन्देश पुन,२१ वर्षीय रामबहादुर पुन,२५ वर्षीय मनबहादुर पुन,२० वर्षीय रोहित पुन,१८ वर्षीय सन्दिप पुर्जा,२३ वर्षीय दीपक पुन,२२ देबबहादुर पुर्जा ,१६ वर्षीय देबबहादुर पुन रहेका छन् ।

उनीहरु सबै वाईसिएल कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दीपक केसीले बताए । पक्राउ पर्ने सबै बनौं गाविसका रहेका प्रहरीले जनाएको छ । त्यस्तै चेक जाँचकै क्रममा प्रहरीले आजै साँझ जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिंडिरहेको अबस्थामा अघिबाट एक माअेावदी कार्यकर्तालाई एक थान खुकुरी सहित पक्राउ गरिएको चेकजाँचमा खटिएका प्रहरी निरिक्षक कमानसिहं खड्काले बताए ।

पर्वत तर्फ आउँदै गरेका म्याग्दी रत्नेचौरका २२ बषिर्य गोविन्द थापालाई झोलामा एक थान खुकुरी बोकेर ल्याएको अबस्थामा पक्राउ गरिएको निरिक्षक खड्काले जानकारी दिए । उनीहरु सबैलाई नियनत्रणमा लिएर अनुसन्धान थालिएको पनि खड्काले बताए ।

प्रतिमा बाँस्कोटा

काठमाडौं- राजधानीको जोरपाटीमा स्थानीयवासी प्रतिकारमा उत्रिँदा भएको झडपमा चार प्रहरी घाइते भएका छन् । माओवादी र स्थानीयवासीबीच ढुंगा हानाहान हुँदा बीचमा परेका ती सुरक्षाकर्मी घाइते भएका हुन् । झडपमा एक स्थानीय पनि घाइते भए । अस्पतालमा रहेका बाबुको स्याहार गर्न जाँदै गरेका नयाँ बस्तीका लक्ष्मण तामाङ घाइते भएका हुन् ।

राजधानीको विभिन्न स्थानमा शुक्रबार तनाव भएको छ । व्यवसायी र पेसाकर्मीले आव्हान गरेको शान्ति सभाका सहभागी र माओवादीबीच विभिन्न स्थानमा झडप भएको छ । शान्ति शभामा सहभागी हुनुपूर्व र बसन्तपुरबाट फर्केपछि उनीहरुको माओवादी कार्यकर्तासँग राजधानीका बिभिन्न भागमा झडप भएको हो । प्रहरीले दुई पक्षलाई आमनेसामने हुन बिभिन्न स्थानमा अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनी मार्गमा राष्ट्रिय सभागृह अगाडि शान्ति र्‍याली र माओवादीबीचको झडप नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यस लगत्तै सभागृहबाट बाहिरिएको माओवादी कार्यकर्ता र र्‍यालीका सहभागीहरुबीच पुरानो बसपार्कमा भएको झडप रोक्न पनि प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । शान्तिको पक्षमा नारावाजी गर्दै र्‍याली नगर घुम्दै थियो । वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुशले प्रदर्शनी मार्ग,पुतली सडक लगायतका क्षेत्र घुमेको थियो ।

पदमोदय मोडमा समेत तनावको स्थिति उत्पन्न भएको थियो ।

पाटनको कृष्ण मन्दिर अगाडि शान्ति सभाबाट फर्किएकाहरुले माओवादीले प्रयोग गरेको गाडीमा तोडफोड गरेका थिए । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनु अघि र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताबीच त्यहा केहीबेर तनाव भएको थियो । वसन्तपुरमा आयोजना गरिएको सभामा सहभागी हुन जान लागेका सहभागीलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध पुर्‍याएपछि त्यहाँ प्रहरीले हस्तक्षेप गरेको थियो । माओवादी सभासद प्रेमबहादुर पुलामी लगायत केही माओवादी कार्यकर्ता घाइते भएका थिए ।

त्यस्तै,सभामा सहभागी हुन जान लागेको जुलुश र माओवादीबीच रत्नपार्कमा झडप भएको थियो । त्यहाँ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यसस्थानमा युथफोर्सको अगुवाईमा जुलुश भएको र उनीहरुले ढुङ्गा प्रहार गरको माओवादीले बताएको छ । बागबजार क्षेत्रमा माओवादीले लाठी लिएर युथफार्सलाई खोज्दै भागदौड गरेको थियो ।

डीएसपीलाई लट्ठी प्रहार गर्ने एक पक्राउ

प्रहरी नायव उपरीक्षक शरद खत्रीमाथि लट्ठी प्रहार गरेको भन्दै प्रहरीले एक प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । बसन्तपुरको सभा सकेर र्फकदै गरेका र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताहरुबीचको झडप नियन्त्रणका क्रममा रत्नपार्कमा खत्रीमाथि लट्ठी प्रहार भएको प्रहरीले बताएको छ । प्रहरीले धादिङका माओवादी कार्यकर्ता ऋषि पण्डितलाई पक्राउ गरेको हो ।

त्यसैगरी बसन्तपुरको सभाबाट फर्केकाहरुलाई माओवादी कार्यकर्ताले सोहृ खुट्टेमा आक्रमण गरेका छन् । सो आक्रमणमा पाँच जना घाइते भएका छन् । डीआइजी पार्वती थापाको बा १ झ ५५४४ नम्वरको गाडीमा समेत सामान्य तोडफोड भएको छ । राजधानीको जोरपाटीमा स्थानीयले आम हड्ताल विरुद्ध प्रदर्शन गरेका छन् ।

माओवादीद्वारा कुटपीट

सिरहा

सिरहा सदरमुकाममा शान्ति जुलुस प्रदर्शन गरेर घर फर्किदैं गरेको एक समूहलाई माओवादीका भातृ संगठन वाइसीएलका कार्यकर्ताले सिरहाको भलुवाहीमा नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

कुटपिटबाट भवानीपुरका मोहमद अलि हुसैन सोही ठाउ बस्ने घुरन राईन र उसमान राईनलगायत एक दर्जन घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल सिरहा, इलाका स्वास्थ्य चौकी हनुमानगर प्र.म.मा भइरहेको प्रहरीले जनाएको छ । उनीहरु नेपाली काग्रसका कार्यकर्त्ता हुन् ।

यसैक्रममा स२प १८४८ नम्बरको मोटरसाइकलसमेत वाइसिएल कार्यकर्त्ताहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

शान्ति र्‍यालीबाट घर फर्किदै गरेको आपmना कार्यकर्त्ताहरुलाई वाइसिएलले निमर्मता पूर्वक कुटपिट गरेकाबाट माओवादीको चरित्र उदांगीएको नेपाली कांग्रेस सिरहाका युवा नेता नरेश यादवले बताए ।

यादवका अनुसार आपmना कार्यकर्त्ताहरुलाई कुटेको बारेमा नेपाली कांग्रस सिरहाको आक्स्िमक बैठक सिरहा सदरमुकाममा बसिरहेको छ ।

source:kantipur