काठमाडौं, वैशाख २३ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले 'आईलाग्ने लाई जाईलाग्ने' भनेर माओवादीले कार्यकर्तालाई निर्देशन दिएकोप्रति आपत्ति जनाएका छन् ।
बिहीबार विज्ञप्ती जारी गर्दै उनले यस्ता निर्देशनले हिंसा बढ्नेतर्फ सचेत गराएका छन् ।
'माओवादीले 'आईलाग्ने लाई जाईलाग्ने' निर्देशन जारी गरेको छ,' पौडेलले विज्ञप्ती जारी गर्दै भनेका छन्, 'यस्ता कुराहरुवाट झन् परिस्थिति उत्तेजनात्मक र हिंसात्मक वन्दै जान सक्ने र गलत तत्वले नाजायज फाइदा उठाउने प्रयास गर्न खोजे भने कुनै आश्चर्य हुने छैन ।' हड्तालको विभिन्न ठाँउमा प्रतिकार भएपछि माओवादीको बिहीबार बिहान बसेको बैठकले 'आईलाग्ने माथि जाईलाग्न' निर्देशन दिएको थियो ।
माओवादीले आयोजना गरेको अनिश्चितकालीन आमहडतालले देशभरको जनजीवन कष्टकर वन्दै गएको भन्दै पौडेलले परिणामस्वरुप आम जनता आक्रोशित वन्ने स्थिति पैदा भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । विद्यमान समस्याको समाधान गर्न दलहरुवीच छ वूँदे एजेण्डामा छलफल भइरहेको भन्दै उनले सहमतिको विकल्प नभएको जनाएका छन् ।
पौडेलले जारी आमहडताललाई अन्त्य गर्दै वार्ता र सम्वादबाट समस्याको निकाश निकाल्न आग्रह गरेका छन् । पनि हुदै आएको हो । 'हामीले विषय केन्द्रित भएर निकास खोज्नै पर्छ, सहमतिको विकल्प छैन,' पौडेलको विज्ञप्तीमा लेखिएको छ, 'माओवादीले परिस्थितिको गम्भीरतालाई महसुस गरी चालु आम हडताल स्थगित गरेर वार्ता र सम्वादको मार्ग अवलम्वन गरी संविधान सभा/ससंद भित्रैवाट समस्या समाधानको प्रयाशमा अग्रसर हुन पनि आग्रह गर्दछु
source:kantipur