एकान्त खोज्दै माओवादी अध्यक्ष धुलिखेलमा :

काभ्रे- , जेष्ठ ५ - दुई दिनपछि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल पोलिटब्यूरो सदस्य अग्नी सापकोटाका साथ धुलिखेलस्थित द्वारिका होटल पुगेका छन् ।

राष्ट्रिय सहमतिको सरकार निर्माण नगरि संविधानसभाको म्याद नथप्ने अडानमा रहेको माओवादीले जेठ १५ गते सडकबाटै संविधान जारी गर्ने बताइरहेको बेला दाहाल एकान्त स्थलको खोजी गर्दै धुलिखेल पुगेका हुन् ।
दाहालले यसअघि पनि एक्लै बसेर गम्भीर एजेण्डाहरु तय गर्ने गरेका छन् । उनले होटलमा प्रवेश गर्नुअघि पत्रकारहरुलाई कुनै प्रतिकृया दिन चाहेनन् । तर पार्टी श्रोतका अनुसार राजधानीको ब्यस्तता छल्दै केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्न उनी त्यहा पुगेका हुन् ।

source:kantipur