पूर्वमन्त्रीको घरनजिक बम :

पर्सा , वैशाख २० -  पूर्वमन्त्री एवम् तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता रामचन्द्र कुशवाहाको घर नजिक सोमबार बिहान शङ्कास्पद अवस्थामा बम फेला परेको छ ।

प्लाष्टिकको झोलाभित्र राखिएको उक्त बमलाई वीरगन्जको कालीगन्जस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्त्रिmय पार्ने प्रयास गरिरहेको छ ।
किन र कुन उद्देश्यले बम राखिएको हो भन्ने बारे केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
यसैबीच माओवादीको आमहड्तालसँगै वीरगन्जमा बमको श्रृखला बढ्न थालेको छ । रासस

source:kantipur