माओवादीले तोकेको समयमा पसल नखोल्न व्यापारीहरु सहमत :

वैशाख २० - आमहडतालमा सर्वसाधारणलाई उपभोग्य वस्तु खरिद गर्न प्रत्येक दिन साँझ ६ देखि ८ बजेसम्म पसल खोल्न दिने माओवादीको निर्णललाई विराटनगरका व्यवसायीले अवज्ञा गरेका छन ।
दुई घण्टा पसल खोल्दा उपभोक्ताको भीडलाई थेग्न नसक्ने वताउदै व्यवसायीहरुले त्यस्तो अवस्थामा पसल लुटिने संभावना भएको र समय अभावका कारण पसलमा उपभोग्य वस्तु आपूर्ति गर्ने गाह्रो हुने भन्दै पसल नखोल्ने निर्णय गरेका छन । आमहडतालको पहिलो दिन आइतवार साँझमा नगरमा केहि पसल खुल्ला भएका थिए । तर ति पसल खुला हुनासाथ केहि अज्ञात व्याक्तिहरु सामान किन्ने नाममा चन्दा माग्दै पुगेपछि व्यवसायीहरु झन त्रसीत भएका कारण सोमवार देखि पसल नखोल्न सहमत भएका हुन । माओवादीले तोकेको समयमा आइतवार साँझ पसल खोलेको मात्र थिए । दैनीक उपभोग्य वस्तु विक्रीगर्ने एक व्यवसायीले भने पसलमा आएका नयाँ अनुहारका ग्राहाकहरु सामान खरिद गर्न छाडेर चन्दा माग्न थालेपछि सोमवार देखि पसल नखोल्ने निर्णयमा पुगेको हुँ ।
आमहडतालका कारण आम उपभोक्तामा उपभोग्य वस्तुको सक्त अभाव छ । त्यस्तो अवस्थामा दुईघण्टामात्र पसल खोल्दा लुटिने स्थीती सृजना हुनुका साथै पसलमा उपभोग्य वस्तु आपूर्ति गर्न नसक्ने स्थिती भएका कारण विराटनगरका सवै व्यवसायीले पसल खुला नगर्ने निर्णय गरेको मोरङ व्यापार संघका अध्यक्ष महेश जाजुले कान्तिपुरलाई वताए । सामान आपूर्ति गर्ने समय हुदैन । एकदिन पसल खोलेर भएको सामान विक्री गर्ने र भोलीपल्ट पसल बन्द गर्ने कुरा आउदैन । उनले भने व्यापारीलाई सामान आपूर्ति गर्ने समयपनि दिइनु पर्छ ।दुईघण्टामा मात्र पसल खुला गर्ने समय तोकेका कारण पसल खोल्न र बन्द गर्न नै झण्डै एक घण्टा लाग्छ । बाँकी रहेको एकघण्टामा व्यापारीले उपभोक्ताको भीडलाई कसरी धान्न सक्छ । जाजुले भने पसलमा भएको सामानले एक दिन पनि घान्न सक्तैन । पसलमा उपभोग्य वस्तु आपूर्ति गर्ने समय उपलब्ध नगराए सम्म व्यापारीहरु पसल खोल्ने पक्षमा छैनन् । कम्तीमा तिनघण्टा सम्म पसल खोल्ने समय उपलब्ध गराए व्यापारीहरुले पसलमा वस्तु आपूर्ति गरेर विक्री गर्न सक्ने उनले वताए । यस्तो अवस्थामा व्यापारीहरुलाई पसल खोल्न संघले दवाव दिन नसक्ने जाजुले वताए ।हडतालका कारण सुनसरी-मोरङ औधोगीक करिडोरका सवै उद्योग बन्द छन । व्यापारीले पसलमा वस्तु आपूर्ति गर्न सीमावर्ती भारतीय पुग्नु पर्ने स्थिती छ । संघका महासचिव अविनाश बोहोराले भने पसल खोल्न दिएको दुईघण्टाको अवधीमा जोगवनीवाट सामान आपूर्ति गरेर कुनैपनि व्यापारीले उपभोक्तालाई विक्री गर्न सक्तैन । आमहडतालका कारण उपभोग्य वस्तुको अभावमा उपभोक्ता आतंकीत वनेका हुन्छन । विधुत आपूर्ति समेत अनियमित भइरहेको समयमा साँझमा पसल खोल्दा लुटिने संभावन टरकारो छ । बोहोराले भने साँझको सट्टा विहान ६ देखि ८ बजेसम्म पसल खुला गर्ने वातावरण सृजना भए सुरक्षाका दृष्टिकोणले व्यापारीलाई पसल खोल्न सजिलो हुने र उपभोक्ताले पनि राहात पाउन सक्छन ।

source:kantipur