काठमाडौं , वैशाख २२ - पोखरा संवाददाता शिव शर्माका अनुसार सिर्जनाचोकमा बुधबार अपरान्ह आमहडतालमा सहभागी माओवादीका कार्यकर्ताबीच झड्प हुदाँ दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा बागलुङका मानव रोक्का र भरतपोखरी कास्कीका युवराज पुन छन् । घाइते रोक्काको टाउकोमा र पुनको नाकमा चोट लागेको छ । दुवैको सहिद मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
सृजनाचोक चोकमा भेला भएको माओवादी कार्यकर्ता बीच जुलुस कहाँ र कसरी जाने भन्ने विषयमा आपसी विवाद भएपछि झड्प भएको हो । 'जुलुस कल्ले कमाण्ड गर्ने भन्ने विषयमा झडप भएको हो, अस्पतालमा उपचार गराइरहेका घाइते पुनले भने, लाठीले हानाहान भयो मलाई चोट लागेपछि होसै गुम्यो ।
अघिल्लो दिन पनि पोखराको रामघाटमा पनि माओवादी मजदुर र वाईसीएलका बीच झडप भएको थियो ।
source:kantipur