माओवादीद्वारा चार युवा नेतालाई मार्ने धम्की :

झापा, वैशाख २२ (नागरिक)- बन्द अवज्ञा गर्न उक्साएको भन्दै एकीकृत माओवादीले एमाले र कङ्ग्रेसका झापाका चार युवा कार्यकर्तालाई मार्ने धम्की दिएको छ।

काकरभिट्टामा भएको अवज्ञा जुलुसको विरोधमा माओवादीले आयोजना गरेको सभामा बोल्दै जिल्ला सदस्य माधव अर्यालले यसरी मार्ने धम्की दिएका हुन्।

एमाले भातृ सङ्गठन युवा सङ्घ नेपालका केन्द्रीय सदस्य राजु कार्की, जिल्ला कोषाध्यक्ष रोशन अग्रवाल, मेचीनगर अध्यक्ष राजेश राउत र तरुण दल मेचीनगर अध्यक्ष केवलराम राईलाई मार्ने धम्की आएको हो।

माओवादी नेता अर्यालले आफूले पार्टी निर्णयअनुसार नै त्यस्तो धम्की दिएको बताएका छन्।

source:nagarik