'थिम्पुको हावापानीले मेरो पोजिसनमा परिवर्तन हुँदैन' :

काठमाडौ, वैशाख २२ - प्रधानमन्त्री माधवकुमार नेपालले थिम्पुबाट फर्केपछि आफ्नो बोलीमा परिवर्तन आएको भन्ने आरोपको खण्डन गरेका छन् ।
उनले थिम्पुको हावापानीले आफूलाई परिवर्तन गर्न नसक्ने दाबी गरे ।
'पार्टीको पोलिटब्यूरो बैठकपछि केन्द्रीय सचिव युवराज ज्ञवालीले त्यहा भएको निर्णयहरुबारे जानकारी गराएकै हुन् । त्यहा राजिनामा दिने कुरा कहाँ उठेको थियो', विदेशी कुटनीतिज्ञहरुसँगको भेटपछि संवाददाताहरुसँग उनले भने, 'थिम्पु जाउँ, नजाउँ मेरो एउटै पोजिशन छ । थिम्पुको हावापानीले मेरो पोजिसनमा परिवर्तन गर्न सक्दैन ।' सार्क सम्मेलनमा भुटानको राजधानी थिम्पु जाँदा भारतीय प्रधानमन्त्रीसँग भेटेर नेपालले राजिनामा दिने बिचार परिवर्तन गरेको माओवादीले आरोप लगाउदै आएको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले समेत थिम्पुबाट फर्केर प्रधानमन्त्रीले राजीनामा दिने सोचाइ त्यागेको बताएका थिए । उनले गौतमको भनाइलाई एमाले केन्द्रीय कमिटीले खण्डन गरिसकेको पनि बताए ।
माओवादीले सहमति भनेर मुठभेटको तरिका अपनाएको भन्दै सहमतिको निम्ति सरकार बाधक नरहेको बताए । उनले हठ त्यागेर माओवादीले छलफलबाट समस्या समाधान गर्नुपर्ने बताए ।
'म हुनुपर्छ । फलानो हुनुहुदैन शर्त राख्नु हुदैन । त्यसो भए फलानो हुदैन भन्ने हो भने तपाइलाई चाहि किन मान्छन ', माओवादीप्रति लक्षित गर्दै उनले भने, 'खुला छलफल गरौ । जसले अधिकांसको विश्वास जित्छ । त्यसैले सरकार बनाउँछ ।' एमाले राष्ट्रिय सहमतिको सरकारकै पक्षमा रहेको उनको भनाइ थियो । तर कुटनीतिज्ञहरुसँग सरकारको स्थायीत्वबारे कुनै कुरा नभएको उनले बताए । उनले भने, 'उहाँहरुले पनि गर्नु भएन । तर कुटनीतिज्ञहरुले माओवादीको आम हड्तालप्रति गहिरो चासो राखेको बताए । उनले आम हड्तालले नेपाल आएका आफ्ना देशका नागरिकको विजोग भएको कुटनीतिज्ञहरुले सुनाएको बताए । 'गम्भीर गुनासो गर्नुहुँदैथ्यो उहाँहरुले । आम हडतालबारे ।' उनले भने, 'यो गुनासो माओवादीहरुसम्म पुगोस भन्ने उहाँहका् चाहना थियो । मैले पनि मिडिया मार्फत त्यो गुनासो माओवादीसम्म पुर्‍याउने बताए ।'
मैले गर्ने कुरै आएन ।' उनले जनतालाई आवश्यक उपभोग्य सामाग्रीको सहज आपूर्तिमा माओवादीले सहयोग गर्नुपर्ने बताए ।

source:kantipur