राष्ट्रपति शासन लगाऊ - बिजुक्छे :

भक्तपुर, वैशाख २० - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जेठ १४ गतेभित्र संविधान नबन्ने भएपछि राष्ट्रपति शासन लगाएर संविधानसभाको म्याद थप्नु पर्ने बताएका छन् ।

सोमबार  सञ्चारकर्मीसग  कुरा गर्दै उनले संविधानसभाको म्याद थपेर मात्र संविधान निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि राष्ट्रपति शासन लगाउनुपर्ने बताए । संविधान निर्माण तोकिएको समयभित्र नहुनुमा संविधानसभाका सबै सदस्य उत्तिकै जिम्मेवारी रहेको औल्याउदै उनले संविधानसभामा धेरै सदस्य भएकाले माओवादी बढी जिम्मेवार रहने आरोप लगाए ।
सरकार परिवर्तनको बाटो सडक नभएको औल्याउदै उनले  संसदबाटै निकास खोजिनुपर्नेमा जोड दिए । एकैपटक लामो आन्दोलन गरेर समस्याको समाधान खोज्नुभन्दा पनि जनताले सास्ती भोग्नुपरेकाले सहमतिमै आउन उनले आग्रह गरे

source:kantipur