आन्दोलनकारीमा झाडापखाला :

(काठमाडौं) शान्ति र संविधान सुनिश्चितताका लागि आफनै नेतृत्वमा संयुक्त सरकार बन्नुपर्ने माग राख्दै तेस्रो जनआन्दोलनको नाम दिएर आन्दोलनमा उत्रिएको एकीकृत नेकपा (माओवादी) ले गाउँगाउँबाट ल्याएका मानिसहरूमा झाडापखाला र बान्ता हुने समस्या देखा परेको छ।

शनिबारदेखि नै ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला हुने समस्याबाट वीर अस्पताल, मोडल अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं मेडिकल कलेजलगायतका अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको अस्पतालस्रोतले बताएको छ।
ँलामो यात्रा, लाखांैको संख्याका लागि तयार गरिएको खानपान र गर्मीयामका कारण केही व्यक्तिमा स्वास्थ्य समस्या देखा पर्नु स्वाभाविक हो’ -माओवादी स्थायी समिति सदस्य देव गुरुङले भन्नुभयो। उहाँले उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको र उनीहरूले नसकेमा तुरुन्त अस्पताल पुर्याउने व्यवस्थासमेत पार्टी गरेकोे बताउनुभयो।
व्यवस्थापकीय पक्षको जिम्मेवारी नेवा राज्य समितिले लिएको र गणतान्त्रिक मञ्चमा हजारौंको संख्याले सघाउ पुर्याउँदै आएको गुरुङले बताउनुभयो। नेता गुरुङले भन्नुभयो- ँविशेष गरी चिउरा, तरकारीको व्यवस्था गरिएको छ, पिउने पानीको आपूर्ति अन्य समयमा राजधानीका नागरिकले खानेजस्तै गोदावरी र सुन्दरीजलबाट टयांकरले पुर्याएका छन्। यता नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले आन्दोलनमा आएका जनतालाई दिइएको खानेकुरा उपयुुक्त नभएको तथा पिउने पानी, खान, बस्न र ट्वाइलेटका लागि पार्टी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने बताउनुभयो। यस्तो व्यवस्था नगरिएको खण्डमा भाइरल, हैजा, टाइफाइड, जन्डिसजस्ता रोगहरू संक्रमणका रूपमा फैलन सक्ने हुनाले स्वास्थ्य मन्त्रालय अझ सजग हुनुपर्ने उहाँको धारणा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. विश्वराज खनालले ँखानपानका कारण रोग नआओस् र आइहालेको खण्डमा टेकु, वीर अस्पताललगायतका सम्पर्ूण्ा अस्पताललाई सूचित गरिसकेको तथा हरेक नागरिकलाई स्वस्थ राख्नु सबै नेपालीको दायित्व भएकाले पिउने पानी र खानेकुरामा ध्यान दिनर्ुपर्छ’ भन्नुभयो। माओवादीले आइतबारबाट शुरू गरेको आमहडताल काठमाडौंमा शान्तिपर्ूण्ा रहे पनि केही जिल्लामा भने १२ कक्षाको परीक्षा रोक्ने र चलाउने विषयमा विवाद भएपछि झडप हुँदा केही व्यक्तिहरू घाइते समेत भएका छन्। झडपका क्रममा चितवनमा सुरक्षाकर्मीले चलाएको रबरको गोली घाँटीमा लागि घाइते भएका २० वषर्ीय आशिष देवकोटाको वीर अस्पतालमा उपचार भैरहेको छ। देवकोटाको घाँटीमा रबरको गोली लाग्दा बाहिरी भागमा सानो चोट लागेको भए पनि भित्र भने खतरा नभएको र बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्। यता काठमाडौंमा आन्दोलनकै क्रममा महाराजगन्जको नारायणगोपाल चोकमा एकत्रित भएर सडकमा बसेका स्थानीय ३० वषर्ीय कृष्ण गुरुङलाई अत्यधिक गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कारण मोडल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।

source:nepalsamacharpatra