म्याग्दी, वैशाख २१ -   माओवादी आहृवान गरेको अनिश्चितकालिन आम हड्तालको हिमालपारी  मुस्ताङ्गवासीले अवज्ञा गरेका छन् । आमहड्तालको दोस्रो दिनपछि स्थानीयको  विरोध पछि 
माओवादीले बन्द गरिएको विद्यालयका ताला र यातायातका काउण्टरहरु  खोली दिएको थियो । सोमवार बसेको सर्वपक्षिय भेलाले एउटा पार्टीले मात्र  गरेको आन्दोलन जनआन्दोलन नहुने ठहर गर्दै मुस्ताङ्गलाई बन्द, हडताल र  चक्काजाम मुक्त बनाउने निर्णय गरेका छन् । 'मुस्ताङ्गमा हड्तालको कुनै  प्रभाव परेको छैन् । जिल्लाभरका पसल, बजार, शैक्षिक संस्थाहरु, यातायातका  साधन लगाएत सवै कार्यलयहरु खुल्ला रहेको छ । माओवादी कार्यकर्ताहरु  मुस्ताङ्गलाइ बन्दहड्ताल मुक्त बनाउन सहमत भएका छन्' प्रमुख जिल्ला अधिकारी  उमेश ढकालले बताए ।
source:kantipur