फिल्मी शैलीमा तरबार प्रहार हुँदा गफ गरिरहेका चार घाइते :

इटहरी, जेठ ३१- मोटरसाइकलमा आएका एक युवाले इटहरीमा सोमबार अपराह्न समूहमा गफ गरेर बसिरहेका युवामाथि तरबार प्रहार गर्दा
चार जना घाइते भएका छन्। इटहरी–८ स्थित जनता माध्यमिक विद्यालय नजिक ती युवाले अन्धाधुन्ध तरबार (कट्टी) प्रहार गरेका थिए। कट्टी प्रहारबाट इटहरीकै विशाल राई, जीवन लिम्बू, सरोज हिङनाम र अनिल गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। कट्टी प्रहारबाट घाइते चारै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्वाका अनुसार मोटरसाइकलमा आएका ती युवाले एक्कासि फिल्मी शैलीमा कट्टी प्रहार गरेर भागेको थिए। सम्भावित स्थानहरुमा प्रहरी निगरानी बढाएर ती युवाको खोजी भइरहेको प्रहरीले जनाइएको छ।

source:nagarik