काठमाडौ, अषाढ १६ - सरकार गठन गरेको १३ महिना पछि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा
दिएका छन् । बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्री नेपालले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा पत्र अव राष्ट्रपति समक्ष पठाइने छ । राष्ट्रपतिले स्वीकृत गरेपछि प्रधानमन्त्री पद मुक्त हुनेछन् । तर, अर्को सरकार नबनेसम्मका लागि उनी काम चलाउ सरकार प्रधानमन्त्री रहने छन् ।
यसअघि उनले एमाले स्थायी समितिको बैठकमा सम्बोधन मार्फत राजीनामा दिने जानकारी गराएका थिए । उनी वामपन्थीहरु मध्ये सबैभन्दा लामोसमय प्रधानमन्त्री बनेका छन् ।
के भने प्रधानमन्त्रीले ?
- १३ महिनाअघि प्रधानमन्त्रीको पद संहालेको थिएँ । अनेकौं घुम्तीहरु व्यहोरें ।
- देश, जनता र लोकतन्त्रको पक्षमा इमान्दार प्रयास गरेको छु ।
- शान्ति र संविधान निर्माणका लागि सरकार बने को हुन् । तर, पुरा हुन सकेको छैन ।
- शान्त र सवल लोकतान्त्रिक नेपाल हाम्रो चाहना हो ।
- हामीले विगत चार बर्षा केही अग्रगामी उपलब्धीहरु पाएका छौं ।
- यस कार्यमा मैले सहकार्यमा पटकपटक संवाद गरें ।
- १२ बुंदे हु“दै संविधानसभामा आएको एउटा पक्ष अहिले निषेधको मानसिकतामा रहेको छ ।
- बिभिन्न सहमतिको कार्यन्वयनको लागि हामी सकैले आ-आफ्ना ठाउ“बाट पहल गर्नुपर्छ ।
- संविधानसभामा रहेको सबै दलहरु बिशेष गरेर प्रमुख प्रतिपक्षीसंग सहकार्यको प्रयास गरें ।
- प्रमुख प्रतिपक्षीको निरन्तर असहयोगका कारण सफल भइएन ।
- हाम्रो प्रयासका वाबजुद पनि विधिवत निर्णय हुन सकेन ।
- लोकतान्त्रिक मान्यताको अनुसरणको सट्टा घातक प्रहारहरुको सहनु पर्यो ।
- साझा सहमतिका आधारमा काम गर्यौं ।
- अहिले पनि बहुमत कायमै छ ।
- लोकतन्त्रका पक्षमा दृढता छौं ।
- दवाव र धम्कीलाई अस्वीकार गरेका छौं
- द्वन्द्वकालको पीडाको पुनराबृत्ति हुन नदिने पाइला चालेका छौं ।
- सेना समायोजनका लागि बिशेष समितिलाई क्रियाशिल गरेर आयोग्यहरु शिविरबाट बाहिर निकालिएको छ ।
- सेना समायोजनको बिशेष कार्ययोजना बनाएर पनि माओवादी असहयोगका कारण पुरा हुन सकेन
- सरकार निर्माणलाई संविधान निर्माणसंग प्रतिपक्षले जोड्यो
- सहमति र समझदारी माओवादीको निषेधका कारण कायम हुन सकेन ।
- सरकारका तर्फाट संविधान निर्माणमा सहयोगका लागि भूमिका खेलेका छौं ।
- संविधानसभालाई एक बर्षम्याद थपिएकौ छ ।
- हिंसा तथा राजमार्ग अबरोध हटाएका छौं
- राष्ट्रिय सुरक्षा नीति बनाइ, औद्योगिक सुरक्षा बलको निर्माण तयारी हालतमा छ ।
- कालापत्थरमा मन्त्रिपरिषदको बैठक गरिएको छ ।
- सन् २०११ लाई पर्यटन बर्षो रुपमा मनाउने भएको
- कृषि, बन, जलश्रोतलगायतका क्षेत्रमा बिशेष कार्यक्रम ल्याइएको छ ।
- सामाजिक उत्थानका कार्यक्रम महत्वका साथ कार्यन्वयन
- जेष्ठ नागरिक र जेष्ठ पत्रकारहरुको लागि कोषको व्यवस्था गरिएको छ ।
- गणतन्त्र स्तम्भ निर्माणलगायतका काम गर्न नसकेकोमा दुःख प्रकट गर्दछौं ।
- छिमेकी र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध प्रगढ बनाइएको छ ।
- बैदेशिक सहायता दोव्वर बनाइएको छ ।
- विगतलाई फर्केर हर्ेदा राजतन्त्रको अन्त्य गरी माओवादीलाई शान्ति प्रकृया मार्फ संविधानसभामा ल्याएका थियौं ।
- सहमतिहरुको कार्यन्वयन नहुदा उत्पन्न जटिलताको समिक्षा हुनुपर्छ ।
- माओवादीले सरकार त्याग्ने तर हरुलाई दोष लगाउने
- ५ महिनासम्म संसद अबरुद्ध गर्ने ।
- बन्द हड्ताल गर्ने र अरुमाथि प्रहार गर्ने ।
- चन्दा असुली गर्ने ।
- शिविरका रहेका लडाकुहरुलाई बिशेष समितिको माताहातमा नल्याउने ।
- वाइसीएलको गतिविधि जारी रहेको छ ।
- बहुदलीय प्रजातन्त्र मान्ने तर अरु दलहरुको अस्तित्व नमान्ने
- यि कार्यहरु छाडेर माओवादी नागरिक दलमा रुपान्तरित हुने कुरामा विश्वास व्यक्त ।
- पटकपटक सहमति गर्ने तर त्यसको पालना नगर्ने कुरालाई कसरी तोड्ने भन्ने कुरामा गम्भीर हुनर्ुपर्छ ।
- मुलुक अशान्ति अन्योल र द्वन्द्वतर्फधकेलिने अबस्था भएकोले सबै गम्भीर भएर सोच्न आग्रह गर्दछु ।
- संक्रमण कालबाट फाइदा उठाउन चाहने बिभिन्न समुहरुहरुसमेत छन् ।
- आजैको मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजिनामा दिंएको छु ।
- यात्रामा सहयोगी र बिरोधी हुन्छन् ।
- काम गर्दा गल्ती पनि हुन्छन् त्यसका लागि आत्मलोचित छु ।
- जनताबाट प्राप्त न्यायना मायाप्रति आभार दिन्छु ।
माओवादीले आफ्नो बचन पुरा गर्ने छ भन्ने आशा राख्दछु ।
नया“ सरकारको गठन अविलम्ब होस् भन्ने चाहन्छु ।
source:kantipur