काठमाडौ, अषाढ १६ - एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकारमा आफ्नो पार्टीले नेतृत्व दावी नगर्ने
बताएका छन् ।
बुधबार स्थायी समितिको बैठकपछि संवाददाताहरुसंग कुरा गर्दै शान्ति र संविधानको लागि राष्ट्रिय सहमतिको आवश्यकतालाई आफ्नो पार्टीले जोड दिएको बताए ।
अध्यक्ष खनालले प्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा आफुले राजीनामा दिन लागेको जानकारी गराएको पनि उल्लेख गरे । प्रधानमन्त्री नेपालले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिंदै छन् ।
spurce:kantipur