उदयपुर, जेष्ठ ३० -    उदयपुरको त्रियुगा नगरपालिका , ६ मोतीगढास्थित माओवादीका जिल्ला सदस्य  दानीप्रसाद चौधरीको घरमा आइतबार बिहान  वम फेला परेको छ । 
    अज्ञात समूहले बिस्फोटन गराउन खोज्दा विस्फोट नभएको सकेट वम फेला  परेको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए । विस्फोट नभएको घरको  बरण्डामा राखिएको अवस्थामा भेटिएको वम चौधरीकी पत्नी तारदेवीले नजिकैको बास  घारीमा लगेर फ्यालेको यादवले वताए ।
    सेनाको टोलीले अहिले वम डिस्फोजको  तायरी गरिहेको छ । वम राख्नुको  कारण र समूहको खोजी भई रहेको प्रहरीले जनाएको छ । 
 केहि समय अघि चौधरीको जग्गा किराँत जनवादी वर्कसले कव्जा गरेकेा थियो ।  त्यसपछि सोहि जग्गा संघीय जातीय क्षेत्रिय मुक्ति मोर्चालेपनि कब्जा गरेका  घोषणा गरेको थियो ।
source:kantipur