काठमाडौं, अषाढ २३ -   आगामी सरकारको नेतृत्वको विषयमा विवाद भइरहेकाबेला कांग्रेस नेता 
 कुलबहादुर गुरुङले आफू पनि प्रधानमन्त्रीको दाबेदार रहेको बताएका छन् ।
'म हुँला, नहुँला (प्रधानमन्त्री) त्यो छुट्टै कुरा हो,' बुधबार राजधानीमा  आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसित गुरुङले भने, 'तर म पनि  प्रधानमन्त्रीको दावेदार त हुँ नि, नयाँ प्रधानमन्त्री नछानेसम्म ।' 
कांग्रेसमा संसदीय दलका नेता रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर  देउवाबीच प्रधानमन्त्रीको बिषयलाई लिएर मतभेद भइरहेका बेला गुरुङले पनि  आफ्नो दाबी गरेका हुन् । गुरुङ कांग्रेसका ज्येष्ठ नेता हुन् ।
source:kantipur