काठमाडौँ, साउन १४- इटालीमा हुने पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ को नेपाली टोलीको तयारीका लागि
ल्याइएको एस्ट्रो टर्फ (कृत्रिम घाँस) बिहीबार त्रिवि क्रिकेट मैदानमा बिछ्याइयो।
इङ्ल्यान्डबाट मगाइएको चार लाख रुपैयाँ पर्ने एस्ट्रो टर्फ बुधबार काठमाडौं आइपुगेको हो।
डिभिजन-४ एस्ट्रो टर्फमा हुने भएपछि नेपालले सो कृत्रिम घाँस मगाएको हो। वर्षाले नबिथोलिए नेपाली खेलाडीले एक हप्ता यसमा अभ्यास गर्न पाउने छन्।
source:nagarik