नेदरल्यान्डसलाई वरियतामा शीर्ष स्थानको मौका :

जोहानसबर्ग– नेदरल्यान्डसले सकर सिटीमा हुने फाइनलमा विश्वकप उपाधि उचाल्नुका साथै आफ्नो इतिहासमा पहिलो पटक फिफा विश्व वरियतामा शीर्ष स्थानमा उक्लने मौका पाएको छ। तर त्यसका लागि फाइनल नेदरल्यान्डसले पेनाल्टी सुटआउटमा जितेर हुँदैन।
ब्राजिल अहिले वरियताको शीर्षमा छ भने नेदरल्यान्डसले चौथो स्थानमा रहेर फाइनल खेल्नेछ। विश्वकप उपाधि उचाल्न नसके पनि स्पेन शीर्ष स्थानमा पुग्न सक्छ। अप्रिलमा स्पेनलाई उछिन्दै ब्राजिल शीर्ष स्थानमा पुगेको थियो।  निर्धारित समय र अतिरिक्त समयमा विजय हात पारे पनि स्पेन शीर्ष स्थानमा पुग्नेछ। युरो २००८ जितेपछि स्पेन शीर्ष स्थानमा उक्लिएको थियो। विश्वकप सकिएपछि फिफाले नयाँ वरियता निकाल्ने छ।

source:nagarik