सोलारबाट चल्ने सडक बत्तिको परिक्षण :

काठमाडौं, साउन १४ - घाम पावर कम्पनीले सितापाइलाको सडकमा सोलारबाट चल्ने सडक बत्तिको जडान
परीक्षण गरेको छ।
सोलार प्रविधिको बिक्री गर्दै आएको कम्पनीले सोलारबाट पनि सडक बत्ति बाल्न सकिने प्रविधि देखाउन सितापाइलामा जडान परीक्षण गरेको हो। कम्पनीले सोलार प्रविधिको विकास गर्ने क्रममा यस्तो परीक्षण गरेको प्रमुख कार्यकारि अधिकृत सुदीप गिरीले बताए।

उनले बिजुलीबाट चल्ने सडक बत्तिलाई सोलारबाट चल्नेमा परिणत गरे धेरै विद्युत बचत हुने बताए। यस्ता बत्ति मुख्य र सहायक सडकका साथै पार्किङ एवं सुरक्षात्मक दृष्टिले संवेदनशील क्षेत्रमा पनि जडान गर्न सकिने छ। यसका लागि पोल र बत्तिसम्म तारको आवश्यकता पर्दैन। पोलमा नै सोलार जडान गर्न सकिने छ।

घाम पावरले क्लिन इनर्जी डेभलमेन्ट बैंकको सहकार्यमा सोलार प्रविधिलाई अघि बढाउने भएको छ। यसका लागि आफ्नोतर्फबाट सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले बताए।

कम्पनीकी बिक्री तथा बजार निर्देशक मुन प्रधानले सोलार प्रविधिबाट बाल्ने एलइडी बत्तिले १० गुना विद्युत खपत गर्ने बताइन्। उनले यस्ता बत्तिमा ५० हजार घन्टाको वारेन्टी रहेको छ। घाम पावरले नेपाली बजारमा अमेरिकी प्रविधिको सोलार सिस्टम बिक्री गर्दै आएको छ।

source:nagarik