कल बाइपास गरेर ठगी गर्ने तीन बंगाली पक्राउ :

काठमाडौं, श्रावण २७ २०६७ ०३:३३ - कल बाइपास गरेर ठगी गर्ने गिरोहका तीन बंगाली नागरिकलाई प्रहरीले
ललितपुरबाट बिहीबार अपरान्ह पक्राउ गरेको छ ।
ललितपुरको खुमलटारस्थित एक घरबाट इन्टरनेट भ्वाइस ओभर प्रोटोकल (भीओआइपी) मार्फत ठगी गर्ने उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाल टेलिकमको १ सय २० वटा सीमकार्ड एकैपटक प्रयोग गर्ने सकिने ७ वटा मोबाइल सेट, ८ सय ४० वटा कल एकैपटक डाइभर्ट गर्न सक्ने कम्प्युटरलगायतका ठगीमा प्रयोग गरिएका सामाग्री पनि बरामद गरेको छ ।

source:kantipur