काठमाडौ, श्रावण २७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशी–विदेशी शक्तिहरुले आफ्नो
नेतृत्वमा सरकार बन्न नदिएको दावी गरेका छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा मौखिक प्रतिवेदन पेश गर्दै उनले सबै शक्तिहरु माओवादी नेतृत्वमा सरकार बन्न नदिन एक भएको बताएका हुन् ।
बैठकले भदौ २ गते हुने पाँचौ चरणको प्रधानमन्त्री निर्वाचनबाट आफ्नो नेतृत्वका सहमतिको सरबार बनाउनका लागि काँग्रेस र एमालेसंग छलफल गर्ने निर्णय गरेको छ ।
'भदौ २ गतेसम्म यही प्रकृयामा माओवादी नेतृत्वमा सहमतिको सरकार बनाउनका लागि अरु दलहरुसंग छलफल गर्नेछौं' प्रबक्ता दिननाथ शर्माले भने, 'संसदको नियमावली संशोधनको कुरा पनि छलफल गर्नेछौं ।'
एमालेले बुधबार बैठक बसि माओवादी र काँग्रेस दुवैलाई उम्मेदवारी फिर्ता लिन र राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न आग्रह गरेको थियो । तर, काँग्रेस र माओवादीले भने निर्वाचन प्रकृयामा अघि बढिसकेको भन्दै चौथों पटकसम्म दुवै उम्मेदवारले पराजय व्यहोर्दा पनि फिर्ता नलिने जनाइसकेको छ । माओवादी अध्यक्ष दाहाल र काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले यसअघि चार पटक पराजय व्यहोरी सकेका छन् । पाँचौ चरणको निर्वाचन भदौ २ गते हुँदैछ ।
source:kantipur