रोल्पा, श्रावण २९ - कांग्रेसको जिल्ला अधिवेशनमा सहभागी भई र्फकने क्रममा कांग्रेस कार्यकर्ता चढेको बस
पल्टदा ३९ जना घाइते भएका छन् । गम्भीर घाइते भएका १४ जनालाई जिल्ला बाहिर उपचारका लागि लगिएको छ ।
शनिबार बेलुकी ५ बजेतिर रिजर्वमा रोल्पा सदरमुकाम लिबाङबाट सुलिचौरहुदै दाङ जाने क्रममा जलजला यातायात समितिको बा २ ख २४८५ नं.को बस खुमेलको सात दोबाटोमा सडकबाट करिब ५० मिटर मुनि पल्टिएको हो ।
प्रहरीका अनुसार बेलुका सवा ६ बजेतिर यात्रुले खचाखच भरिएको बस विपरित दिशाबाट आएको मोटर साइकललाई साइड दिने क्रममा सडक मुनि पल्टिएको हो । घाइतेमध्ये दुई दर्जनलाई जिल्ला अस्पताल रोल्पामा सामान्य उपचार गरिदै छ ।
प्रहरीका अनुसार खराब मौसमका कारण घाइतेहरुको उद्धार कार्यमा बाधा भइरहेको छ । मुसलधारे पानी परेकाले स्थानीयबासी, प्रहरी, नेपाली सेनाको उद्धार टोलीलाई धौ धौ भइरहेको छ । बसमा चढेको कांग्रेस कार्यकर्ताहरु दक्षिणी रोल्पाको होलेरी आसपासका रहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउसो आयोजना गरिएको कांग्रेसको जिल्ला सभामा भाग लिई उनीहरु रिजर्व बसमा घर र्फकदै थिए । सामान्य घाइते भएकालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । जिल्ला अस्पताल विरामीहरुले खचाखच भरिएको छ । प्रहरीका अनुसार घाइतेहरुको बेलुका अबेरसम्म मात्र सनाखत हुने छ ।
source:kantipur