आईसीसी वरियतामा नेपाल २७औं :

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट वरियता क्रममा २७औं स्थानमा उक्लिएको छ। इटालीमा शनिबार
सम्पन्न आइसिसी पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ मा तेस्रो भएपछि नेपाल दुई स्थान माथि उक्लेको हो।

गत फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन-५ जित्दै नेपाल २७औं स्थानमा उक्लिएको थियो।

डिभिजन-५ मा उपविजेता बन्दा २८औं स्थानको अमेरिका डिभिजन-४ जितेपछि २५औं स्थानमा उक्लिएको छ। डिभिजन-४ को उपविजेता इटाली २६औं स्थानमा छ। डिभिजन-४ सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले जारी गरेको नयाँ वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको हो।

टेस्ट खेल्ने १० राष्ट्रसहित डिभिजन-१ का आयरल्यान्ड, नेदरल्यान्ड, केन्या, अफगानिस्तान, क्यानाडा र स्कटल्यान्ड, डिभिजन-२ का युएई, नामिबिया, बर्मुडा र युगान्डा, डिभिजन-३ का ओमान, डेनमार्क, हङकङ, पपुवा न्युगिनी, अमेरिका र इटाली १ देखि क्रमशः २६औं स्थानमा छन्।

source:nagarik