लन्डन/ इंग्ल्यान्ड राष्ट्रिय फुटबलका प्रशिक्षक फाबियो कापेलोले स्टार मिडफिल्डर डेभिड बेकहयामलाई टोलीबाट हटाउनुपूर्व आफूले दसपटक सोचेको बताएका छन् । गत बुधबारको मैत्रीपूर्ण खेलमा हंगरीलाई हराएपछि प्रशिक्षक कापेलोले एक टेलिभिजनमार्फत बेकहयामलाई राष्ट्रिय टोलीबाट हटाइएको सार्वजनिक गरेका थिए । प्रशिक्षक कापेलोको सो निर्णयप्रति बेकहयामका समर्थकले चर्को विरोधसमेत जनाएका छन् ।
'त्यो दिन म निकै तनाव थिएँ, किनकि चुनौतीपूर्ण निर्णय लिनु थियो,' प्रशिक्षक कापेलोले अघिल्लो साताको तनावपूर्ण क्षण सम्झँदै भने, 'मैले बेकहयामको भविष्यबारे कम्तीमा पनि दसपटक सोचेँ होला, सञ्चारकर्मीका अगाडि उनलाई हटाइएको समाचार भन्न निकै डराएको थिएँ ।'
गत महिना दक्षिण अपि|mकामा सम्पन्न विश्वकप फुटबलमा बेकहयामले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । बेकहयामले आफू पुनः एकपटक राष्ट्रिय टोलीमा पर्ने विश्वास पालेका थिए । तर, प्रशिक्षक कापेलोले बूढो भइसकेको जनाउँदै उनको बिदाइको निर्णय सहजै गरे । हंगेरीविरुद्धको खेल सकिनासाथ ६४ वषर्ीय कापेलोले आफ्नो निर्णयबारे तत्काल बेकहयामलाई जानकारी दिएका थिए ।
आफ्नो निर्णयमा अडिक रहेका कापेलो बेकहयामबीचको सम्बन्ध सुमधुर भएको बताउँछन् । 'तपाईँहरू कस्तो सोच्नुहुन्छ, मलाई थाहा छैन, तर बेकहयाम र मबीचको सम्बन्ध राम्रो छ,' असमझदारीका कारण बेकहयामलाई टोलीबाट हटाएको प्रतिक्रियाको प्रत्युत्तरमा प्रशिक्षक कापेलोले भने, 'हामीबीच केही त्यस्तो विवाद छैन ।'
कापेलोले इंग्लिस टोलीमा युवा खेलाडीलाई मौका दिने योजनाअनुरूप पाका खेलाडीलाई क्रमशः विस्थापित गर्दै लैजाने दाबी बि्रटिस मिडियाहरू गर्छन् । बि्रटिस सञ्चारमाध्यमले समेत बेकहयामको अन्तर्राष्ट्रिय खेलाडी जीवन यसरी टुंगिएला भनेर सोचेका पनि थिएनन् ।
बेकहयाम इतिहासकै सर्वाधिक सफल र भलाद्मी खेलाडीमा गनिन्छन् । उनको आकस्मातको बिदाइ समाचार प्रसारण हुँदा इंग्ल्यान्डका प्रधानमन्त्री डेबिड क्यामरुन पनि आफ्नो भनाइ सार्वजनिक गर्न पछि परेनन् । 'प्रधानमन्त्री बनेको पहिलो तीन महिनामा मैले केही कुरा बुझेको छु, त्यसमध्ये एउटा हो, इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोली हाक्ने एकाधिकार प्रशिक्षकमा निहित छ भन्ने पनि हो तथा कापेलोले यो मुलुकको फुटबललाई उचाइमा पुर्याउने प्रयास गरिरहेका छन्,' बि्रटिस प्रधानमन्त्री क्यामरुनले भने ।
राष्ट्रिय टोलीको ढोका बन्द भए पनि बेकहयामका एजेन्टले उनको चाहना मर्ने वेलासम्म पनि खेल्ने बताएका छन् । 'सबैको जानकारीका लागि, सन्न्यासका बारेमा कहिल्यै वार्ता भएको छैन । उनी सधैँ आफ्नो मुलुकका लागि उपलब्ध रहने छन्, जब उनी फिट हुन्छन् अनि उनको आवश्यकता महसुस गरिन्छ, त्यसवेला उनी टोलीमा आउनेछन्,' बेकहयामका एजेन्टले भने ।
इंग्ल्यान्डका लागि एक सय १५ अन्तर्राष्ट्रिय फुटबल खेलेका बेकहयामले २००१ मा जर्मनीविरुद्ध हानेको पि|mकिक सबैको सम्झनामा छ । त्यही पि|mकिकका कारण इंग्ल्यान्ड सन् २००२ को विश्वकपमा छनोट भएको थियो । बेकहयाम चोटबाट मुक्त भएर हालैमात्र आफ्नो क्लब एलए ग्यालेक्सीमा फर्किएका छन् । यता इंग्लिस टोलीका पूर्वप्रशिक्षक स्भेनगोरान एरिक्सन कापेलोको निर्णय बहादुरीपूर्ण भएको दाबी गर्छन् । 'फाबियोको बेकहयाम हटाउने निर्णय निकै कडा थियो । यस्तो निर्णय त बहादुर मान्छेले मात्र लिन सक्छन्,' एरिक्सनले भने । इंग्लिस फुटबल टोलीका रोल मोडलका रूपमा रहेका बेकहयामले युवापिँढीका लागि निमित्त सन्न्यास लिनुपर्ने धारणा एरिक्सनको छ ।
'यदि बेकहयामले ३०, ४०, ५० अन्तर्राष्ट्रिय खेल भएको भए, त्यो निर्णय वास्तवमै अन्यायपूर्ण थियो । तर, उनले राष्ट्रिय टोलीबाट सयौँ खेल खेले । त्यो अवस्थामा कापेलोको निर्णय अन्यायपूर्ण भन्न मिल्दैन,' उनले भने ।
source:nayapatrika