लन्डन, श्रावण ३१ - मोडलिङमा होमिएर कुनै पश्चात्ताप छैन हङकङ सुन्दरी पूणिर्मा गुरुङलाई । नेपाल
, हङकङ हुँदै बेलायत आइपुग्दा उनको मोडलिङ करिअर आकासिएको छ । सन् २००५ मा 'मिस नेपाल हङकङ' सहित मिस बेस्ट स्किन र मिस बेस्ट ड्रेस उपाधि जितेपछि उनका प्रशंसक पनि बढे ।
'प्रवासमा यही पेसाले नेपाली समुदायभित्र चिनिन पाउँदा गर्व लागेको छ,' उनी भन्दै थिइन् । मिस नेपाल हङकङ उपाधिले उनलाई प्रशान्त तामाङ नाइटका लागि जापानसम्म पुर्याएको थियो ।
सन् २००४ देखि पाँच वर्ष हङकङ बस्दा उनले सौन्दर्य प्रतियोगितादेखि मिडिया र च्यारिटीसम्मका अनुभव लिइन् । सन् २००६ ताका हङकङमा निमा रुम्बा, सुगम पोखरेल बोलाएर काठमाडौंको बुद्धिस्ट बाल गृहको सहयोगार्थ 'इन्द्रेणी साँझ' शो गरेपछि उनमा समाजसेवा मोह झन् बढेको छ । राजु लामा झिकाएर यूकेमा गर्न लागिएको अर्को च्यारिटी शोमा समेत उनको संलग्नता रहने निश्चित छ ।
अक्टोबर अन्तिम साता यूकेमा पहिलोपटक हुन लागिरहेको 'मिस यूके नेपाल' सफल बनाउन पनि पूणिर्मा लागिरहेकी छन् । दुई अडिसनबाट अन्तिम १४ प्रतियोगी छनोटमा उनले निणर्ायकको भूमिका निर्वाह गरेकी थिइन् ।
मिङमा शेर्पा, सगुन ताम्राकार र लासिमित राईको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनलाई र्याम्प शो, पेपर एड गर्ने अवसर पनि मिलिसकेको छ । हङकङ छँदा उनले अन्नपूर्ण रेडियोमा प्राविधिकदेखि कार्यक्रम सञ्चालकसम्मको जिम्मेवारी सम्हालेकी थिइन् ।
पूणिर्मा आठ महिनायता बेलायतस्थित फार्नबोरोमा परिवारसाथ बस्छिन् । हङकङ र यूके बसाइमा उनलाई केही भिन्नता महसुस भइरहेको छ । 'हङकङमा धेरै सुविधा र लाइफ इजी छ, जागिर अभाव छैन,' उनले सुनाइन्, 'तर यूकेमा अलिक असहज पाएँ ।' हाल ड्राइभिङ सिकिरहेकी उनको त्यसपछि फुलटाइम काम गर्ने योजना छ । अध्ययनलाई निरन्तरता दिने सोच पनि छ ।
पूणिर्मालाई सिनेमामा भने कहिल्यै रुचि भएन । 'इच्छा नभएरै फिल्म खेल्ने धेरै अफर अस्वीकार गरें,' उनले भनिन् । खुल्ला संस्कृति भएका मुलुकमा रहे पनि आफू जहिल्यै नेपाली संस्कारमा रहेको उनको दाबी छ । 'परिस्थितिवश जुन मुलुकमा पुगे पनि हामीले आफ्ना संस्कार, परम्परा कदापि भुल्नु हुन्न,' उनले भनिन् ।
सायद त्यसैले उनी 'यौनमा उदार छैनन्' । 'म त यो मामिलामा अलिक कन्जर्भेटिभ नै छु,' ५ फिट ३ इन्च अग्ली सुन्दरीले भनिन्, 'बिफोर म्यारिज नो वे ।'
source:kantipur