दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै खनाललाई तीन बुँदे पत्र पठाए :

काठमाडौ, श्रावण ३१ - माओवादी अध्यक्ष पुष्कमल दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै
एमाले अध्यक्ष झलनाथ खनाललाई तीने बुँदे पत्र पठाएका छन् ।
सोमबार माओवादी मुख्यालय पेरिसडाँडमा बसेको पदाधिकारी बैठकले सहमतीको लागि आब्हान गर्दै पत्र पठाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पत्रमा सहमतिको वातावरण बने उम्मेदवारी फिर्ता लिन तयार रहेको उल्लेख गरिएको उनले बताए ।  साथै माओवादी ठूलो पार्टी भएकाले उसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनु पर्ने उनको जिकीर थियो । पत्रमा शान्ति र संविधान निर्माण प्रक्रिया सफल पार्न  विश्वसनीय वातावरण निर्माण भएमा उम्मेदवारी फिर्ता लिने उल्लेख गरिएको छ ।
 राष्ट्रिय सहमतीका आधार नामक पत्रमा  भनिएको छ 'हाम्रो पार्टीले सहमतीय आधारमा राष्ट्रिय संयुक्त सरकार गठन गर्न, त्यसका लागि सबै राजनीतिक दलसँग छलफल तयार छौं ।'
बैठकले सभासद रामकुमारी यादवको शोक प्रस्ताव पारित गरेको छ । स्वर्गीय यादवको उपचारका क्रममा नया दिल्लीमा मृत्यु भएको थियो । साथै सभासद रामकुमार शर्मालाई भारतीय राजदूतावासका कर्मचारीले धम्क्याएको सम्बन्धमा मंगलवार दूतावासमा विरोध ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ ।

source:kantipur