जो दुई हजार वर्ष बाँचे :

यो एक यस्तो रहस्यमय व्यक्तिको कहानी हो, जसको बारेमा भनिन्छ कि उनी करिब दुई हजार वर्षसम्म बाँचे । उनी कैयौँ देशमा जागिर खान्थे, काम गर्थे । हरेक देशको भाषा जान्दथे उनी । अझ, खास कुरो त के भने उनी कहिल्यै बूढो भएनन् ।

युरोपको इतिहासका पृष्ठमा एक यस्ता मानिसको कहानी पाइन्छ, जो दुई हजार वर्षसम्म जीवित रहे र यस अवधिमा उनले अनेक काम गरे । कहिले उनी फ्रान्सेली सम्राटका दरबारमा देखिन्थे भने कहिले रुसकी सुन्दर साम्राज्ञी जारिनाको अँगालोमा हुन्थे । कहिले उनी चीनका जासुस हुन्थे त कहिले जर्मनीको 
उनी एक रहस्यमय व्यक्ति थिए । संसारका सबै भाषा जान्दथे । विभिन्न कलामा निपुण थिए । युद्धभूमि होस् या नृत्य-संगीतको सभा, उनी जहाँ पनि विशिष्ट हुन्थे । दुई हजार वर्षको आयु पाए पनि उनी सदा नवयुवक रहे र अचानक उनी यस संसारबाट गायब भए । उनी कहाँ गए, कसैलाई थाहा भएन 

रहस्यले भरपूर यस मानिसको नाम थियो सेन्ट जरसेन । उनी सबभन्दा पहिले प|mासेली दरबारमा प्रकट भएका थिए र यसपछि उनी युरोपका सबभन्दा रहस्यमय व्यक्ति बने । उनी विश्वका अठार भाषा अत्यन्त दक्षतापूर्वक बोल्थे । उनी युरोपेली इतिहासकार थिए । ंप्रतिभाशाली संगीतकार थिए । र थिए- रसायनका विशेषज्ञ । यही विद्यामार्फत उनले सधँै जवान रहने रहस्य जानेका थिए । उनी युरोपका सबभन्दा सुन्दर व्यक्ति थिए 
युरोपको कुनै राजघराना यस्तो थिएन, जसका राजकुमारीहरू उसको प्रेमपाशमा बन्दी नभएका हुन् । उनी प्रत्येक देशका रीतिरिवाज यति राम्ररी जान्दथे, मानौँ उनी त्यही देशका बासिन्दा हुन् । हरेक विषयमा उनी विद्वतापूर्ण बहस गर्थे । इतिहासकारले नजानेका प्राचीन ऐतिहासिक घटनाबारे उनी आफ्ना आँखाले देखेजसरी बयान गर्थे 
उनी दाबी गर्थे कि- बाह्रौँ शताब्दीमा मार्काेपोलोभन्दा अघि उनी चीन पुगिसकेका थिए र चिनियाँ सेनामा जासुस थिए । प|mान्सका सम्राट लुई पन्ध्रौँ उनको चमत्कारबाट यति प्रभावित भएका थिए कि उनले उनलाई आफ्नो दरबारमा राखे । उनी यो पनि दाबी गर्थे कि कुनै पनि हतियारले उनको हत्या गर्न सक्दैनथ्यो । उनको शरीरमा घाउ आफैँ निको हुन्थे 
सेन्ट जरमेनको ती पतिहरूसँग बारम्बार झगडा परिरहन्थ्यो, जसका स्त्रीसँग उसको सम्बन्ध हुन्थ्यो । कतिपटक यस्ता लडाइँमा उनी हार्थे र उनको मृत्यु हुन्थ्यो, तर केही दिनपछि नै उनी फेरि प्रकट भइहाल्थे 
|mान्सको सम्राटसँग उनको झगडा परेपछि उनी अंग्रेज राजाको दरबार गए । उनी इंग्ल्यान्डकै निवासीले बोलेजसरी पूर्ण आधिकारिकताका साथ अंग्रेजी बोल्थे । अंगे्रजी दरबारको तीन सय वर्ष पुराना परम्परा उनलाई कण्ठस्थ थियो । उनीदेखि इंग्ल्यान्डका सम्राट चकित भएका थिए । यसपछि उनी रुसकी महारानी जारिनाको निमन्त्रणामा रुस गए र केही समयपछि फेरि प|mान्स र्फके । त्यतिवेलासम्म सम्राट लुई पन्ध्रौँ बूढा भइसेका थिए र मरणासन्न अवस्थामा थिए । सेन्ट जरमेनलाई उत्तिकै जवान र हृष्टपुष्ट देखेर प|mान्सका मानिस छक्क परे 
पछि जरमेन जर्मनीका राजकुमार चार्लिससँग बस्न थाले । जरमेन भोगविलासमा यति डुब्न थाले कि उनको सम्बन्ध युरोपका सबै राजकुमारीसँग थियो । त्यतिवेला भनिन्थ्यो- युरोपका राजघरानामा त्यस्ता कुनै सन्तान थिएनन्, जसको शरीरमा जरमेनको रगत नदौडिएको होस् 
अन्ततः जर्मनीमा उनको जीवनको सूर्यास्त भयो । एक दिन उनी महलको ढोका खोलेर बाहिर निक्लिए । उनको अनुहारमा थकानको चिह्न थियो । हिउँले ढाकिएको सडकमा उनी केही कदम हिँडे । महलभन्दा केही परसम्म उनका पाइतालाका डोब देखिन्थे । महलका कामदार त्यतिखेर आश्चर्यमा परे, जब उनीहरूले देखे कि एकाएक जरमेनका पाइला गायब भएका थिए । उनीहरूलाई जरमेन हावामा बिलाएजस्तो लाग्यो । सेन्ट जरमेन भन्ने गर्थे मेरो अनुहारमा थकाइको चिह्न देखियो भने सम्भिनु- मेरा अन्तिम समय आयो 
एकदमै झुटो र अवैज्ञानिक लाग्छ- सेन्ट जरमेनको कथा । तर, युरोपेली इतिहासका पृष्ठमा यी रहस्यमयी व्यक्तिका रोमाञ्चक किस्सा छन् 

source:nayapatrika