नेपालगन्ज, श्रावण २० -    जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी नामक भूमिगत संगठनले  प्रधानमन्त्रीको 
निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहललाई मतदान गरेका  एघारा मधेसी सभासद्लाई भौतिक जनकारबाही गर्ने धम्की दिएको छ । 
पार्टी तराईमा हिंसात्मक गतिबिधि गर्दै आएको शसस्त्र समुह हो । उक्त  समूहका अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार बताउने भगत सिंहले बिहीबार  प्रेस बिज्ञप्ति मार्फत दाहललाई मतदान गर्ने मधेसी सभासद्हरुलाई भौतिक  कारबाही गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको  दावी गरेका हुन् । 
'माओवादी अध्यक्ष दाहललाई मतदान गर्ने मधेसी सभासद मधेसका कुपुत्र हुन्,'  उनले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ- 'माओवादीलाई मत दिई मधेसीको  चाहना र आकांक्षा बिरुद्ध काम गरेका छन ।'
उक्त सशस्त्र समूहले ६ दिन अघि सत्ताका लागि माओवादीसंग हातेमालो गर्ने  मधेशवादी राजनीतिक दलका नेतालाई भौतिक कारबाही गर्ने धम्की दिएको थियो । 
तर, उक्त चेतावनीको वेवास्ता गरेको भन्दै सिंहले सभासद् रेनू कुमारी यादव,  अभिषेख शाह, ओमप्रकाश यादव, शिवपुजन राज यादव, जयराम यादवर्, इस्तेयाक  राई, श्रवाणकुमार अग्रवाल, बिजय यादव, आत्मराज प्रताप शाह, नन्दकुमार र  हरिराम यादवको नामै किटेर कारबाहीको धम्की दिएको हो । 
उक्त शसस्त्र समूहले माओवादीलाई प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको  जनाएको छ ।
source:kantipur