ट्रयाक यसै वर्ष खुलिसक्ने :

काठमाडौ, श्रावण २७  -  पहाडी क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएको मध्य पहाडी राजमार्गको सम्पूर्ण ट्रयाक
खोल्ने काम यसै आर्थिक वर्षभित्र सकिने भएको छ । एक हजार ७ सय ६७ किमि लामो यो सडकले पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटलाई जोड्छ । कुल लम्बाइमध्ये १ हजार ५ सय १६ किमि यसअघि नै सञ्चालनमा आइसकेको र ट्रयाक खोलिसकेका सडक पर्छन् । बाँकी २ सय ५१ किमि सडक -ग्रामीण पहुँच कार्यक्रम -र्‍यापअन्तर्गत २५ किमिलगायत) को ट्रयाक यसै आर्थिक वर्ष सकिने आयोजनाका प्रबन्धक दिनेशप्रकाश बस्नेतले बताए ।
यसको रेखांकन महेन्द्र राजमार्गको समानान्तरमा मुलुकको मध्य पहाडी भागबाट पूर्वदेखि पश्चिम फैलिएको छ । यसले २३ मध्य पहाडी जिल्लाका करिब २ सय १५ बस्तीका झन्डै ७० लाख जनसंख्यालाई राष्ट्रिय सडक सञ्जालसाग जोड्नेछ । यो राजमार्ग निर्माणका लागि सरकारले आव २०६४/६५ बाट आफ्नै स्रोतमा बजेट व्यवस्था गर्न थालेको हो । गत आवमा सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । चालू आवमा डेढ अर्ब प्रस्ताव गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए । अहिले आयोजनाको तेस्रो वर्ष हो । 'सबै खण्डमा ट्रयाक खोल्न ठेक्का व्यवस्थापन भइसकेको छ,' उनले भने । राजनीतिक अस्थिरता र भौगोलिक कठिनाइका कारण केही समस्या देखिए पनि लक्ष्यअनुसार काम भइरहेको दाबी अधिकारीहरूको छ ।
दैलेख बजारबाट कणर्ाली साइजुलासम्मको ट्रयाक हालै खुलेको छ । कुल ८० किमि लम्बाइ रहेको यो खण्डमा ४५ किमि सडकको नयाा ट्रयाक खोलिएको हो । नयाँ ट्रयाकले तीन गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने आयोजनाले जनाएको छ ।
यस्तै सिन्धुलीको घुर्मी-खुर्कोट सडकको पनि ट्रयाक खोल्ने काम सकिएको छ । गत साउन १३ गते उद्घाटन भएको हो । कुल ६३ किमिको यो खण्डमा गत वर्ष ३० किमि र बाँकी यसपालि ट्रयाक खोलिएको हो । यो खण्डले आठ गाविसलाई छुन्छ । ट्रयाक खुलेपछि भोजपुर, ओखलढुंगा, सिन्धुली, खोटाङ, उदयपुरलगायत पूर्वी पहाडका जनतालाई काठमाडौं आउन सजिलो हुने बस्नेतले बताए । 'पहिला भोजपुरबाट घुमेर आउँदा ७ सय ८ किमि पार गर्नुपथ्र्यो,' उनले भने, 'ट्रयाक खोलेपछि ३ सय १८ किमि दूरीमै आइपुगिन्छ ।' ट्रयाक खुला भइसकेको र घुर्मीबाट गाडीहरू चलाउन व्यवसायी तयारी अवस्थामा रहेको उनले बताए । यो खण्डबाट सवारी चल्न थालेपछि बिपी राजमार्गमा त्यसको बढी चाप पर्ने देखिन्छ । एकल लेन रहेको बिपी सडकमा पूर्वी क्षेत्रबाट आउने सवारीको चाप थेग्न गाह्रो हुने अधिकारीहरूको भनाइ छ । 
मध्य पहाडीको नयाा ट्रयाकमा ३८ पुल पर्नेछन् । त्यसमध्ये २० पुलको टेन्डर यसै वर्षभित्र सम्पन्न हुने र बाँकी १८ डिजाइन चरणमा रहेको आयोजनाले जनाएको छ । 'सरकारले स्वीकृति दिए तिनको पनि काम सुरु हुन्छ,' बस्नेतले भने । पुलको लागत गत वर्षको मूल्यमा प्रतिमिटर १४ लाख रुपैयाँ पर्ने अनुमान छ ।
सडकको स्तरोन्नतिका लागि भने दाताहरूबाट सहयोग लिइनेछ । यो आयोजनामा कालोपत्रे गर्न करिब ३५ अर्ब रुपैयाँ बजेट लाग्ने उपाध्ययले बताए । 'कालोपत्रे गर्न एडिबी, विश्व बैंक, चीनलगायत दातृ राष्ट्रले चासो देखाएका छन्,' बस्नेतले भने । पछिल्लो समय स्थानीयस्तरमा विभिन्न पार्टी र समूहहरूले अनेक माग राखी निर्माणमा अवरोध गर्ने प्रवृत्ति बढेपछि दाताहरूले ट्रयाक खोल्नेलगायत सुरुको निर्माण चरणमा सहयोग गर्न अनिच्छा व्यक्त गर्न थालेका छन् । यो सडकमा ट्रयाक खोल्न सबै सरकारले लगानी गरेको छ । बागलुङदेखि दैलेखसम्मको खण्डमा कालोपत्रे गर्न प्रधानमन्त्रीको भ्रमणका बेला चीनलाई प्रस्ताव पेस गरिएको थियो । यस्तै एडिबीले गुवाघाट-भोजपुर खण्डमा काम गर्न रुचि देखाएको अधिकारीले बताएका छन् ।
पूर्वाञ्चलमा चियोभञ्ज्याङ, च्याङथापु, ओयम, भोजपुर, दिक्तेल, घुर्मीलगायत स्थान यसमा परेका छन् । साथै मध्यमाञ्चलको घुर्मी, खुर्कोट, धुलीखेल, काठमाडौं र मुग्लिन समेटेको छ भने पश्चिमाञ्चलको पोखरा, बागलुङ, बुर्तीबाङ र बाग्लुङ-रुकुम सिमाना छुन्छ । मध्यपश्चिमका लुकुमगाउा, मुसिकोट, जगतीपुर, साइजिउला, बेलखेतलगायत स्थान पर्छन् भने सुदूर पश्चिमका विनायक, साँफेबगर, डडेलधुरा, सतबााझ, झुलाघाटलगायतलाई यो राजमार्गले जोड्नेछ ।

source:kantipur