सभासद् धम्क्याउने काउन्सिलरलाई देश निकाला गर्न माओवादी माग :

काठमाडौं, साउन २५- माओवादी सभासद् रामकुमार शर्मालाई मार्ने धम्की दिने भारतीय दूतावासका काउन्सिलरलाई
नेपालबाट निष्काशन गरिनुपर्ने माग माओवादीले राखेको छ।
अहिले भइरहेको संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको बैठकमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उक्त माग गरेका हुन। उनको मागलाई अन्य माओवादी सभासद्ले पनि समर्थन गरेको जनाइएको छ।

बैठकमा भाग लिन प्रधान मन्त्री माधवकुमार नेपाल तथा परराष्ट्र मन्त्री सुजाता कोइराला आउने भनिए तापनि परराष्ट्र मन्त्री सुजाता कोइरालामात्र बैठकमा उपस्थित छिन्।

source:nagarik