काठमाडौ, भाद्र ६ -   ठिमी, भक्तपुर, म त पाँच सय दिए पनि जान्नँ,' भक्तपुर नयाँ ठिमीस्थित घर  जानका 
शनिबार शान्तिनगरमा ट्याक्सी चढ्न लाग्दै गरेका यात्रुलाई बस्नबाट  रोक्दै चालक भन्दै थिए, 'ठिमी यहाँबाट छ, सात किलोमिटर भए पनि जाम र खराब  बाटोका कारण आउन-जान दिनभरि नै लाग्छ ।' 
'बाटो बनेपछि जाउँला, अहिले त्यतातिर नजाउँ  है माफ गर्नुस्,' चालकले हात  जोर्दै भने । 
तपाईं पनि फुर्सदमा अरनिको राजमार्ग हुँदै भक्तपुरको पर्यटकीय क्षेत्र,  नगरकोट, तातोपानी जाने सोचमा हुनुहुन्छ भने कम्तीमा ४८ घन्टा त्यसतर्फ जाने  सोच त्याग्नुहोस् । 
अरनिको राजमार्गको कोटेश्वर जडिबुटी खण्डमा विस्तार भैसकेको सडकमा शनिबार  अपराह्नदेखि अन्तिम पिच हाल्ने कार्य भैरहेकाले उक्त क्षेत्रमा गाडी,  मोटरसाइकल गुड्नै नसक्ने गरी जाम हुन थालेको छ । सडक निर्माण कार्यमा  खटिएका प्राविधिकहरूका अनुसार थपिएको पिच सुक्न कम्तीमा ४८ घन्टा गाडी  गुडाउन मिल्दैन । 
अरनिको राजमार्गको तीनकुनेदेखि सूर्यविनायकसम्मको सडक खण्ड जापान सरकारको  सहयोगमा हाजमा कम्पनीले विस्तार गरिरहेको छ ।
काठमाडौंबाट जडिबुटीतर्फ जाने एकतर्फी पूरै बाटो छेकेर पिच गर्ने कार्य  भैरहेकाले अर्को एकतर्फीमा आउने जाने दुवै गाडीहरू हालिएको छ । पिच गर्ने  कार्य अपराह्न पाँच बजेदेखि थालिए पनि सडक भने बिहानैदेखि बन्द गरिएको थियो  । शनिबार दिनभरिजस्तै पानी परेर पिच गर्ने कार्यमा बाधा पुगे पनि  बिहानैदेखि रोकेको बाटो अपराह्नसम्म बिनाकाम बन्द थियो । 
शनिबार सार्वजनिक बिदाको दिन अपराह्न पाँच बजेदेखि पिच गर्न थाल्दा  काठमाडौंबाट जाने गाडीहरूको लस्कर तीनकुनेमा थियो भने भक्तपुरबाट आउनेहरूको  लाइन ठिमीसम्म बसेको थियो । 
कोटेश्वर प्रभाग र लोकन्थलीको ट्राफिक पोस्ट मातहतका ट्राफिक प्रहरीको  निष्त्रिmयताले पनि यो 
जाम झनै बढेको देखिन्छ । एकतर्फी बाटो बन्द भएपछि यसै जाम, उसै जाम भन्ने  मानसिकतामा बसेको देखिन्छ । कोटेश्वर ट्राफिकले चक्रपथबाट आउने गाडीहरू  तीनकुने घुमेर मात्रै भक्तपुर जान पाउने व्यवस्था गरेको थियो । 
दुवै निकायका ट्राफिकहरू आवागमन छिटो छरितो बनाउने कार्यमा भन्दा रमिता  हेरेर बसिरहेका देखिन्छन् । 
कोटेश्वरका ट्राफिकहरू पिच गरिरहेका प्राविधिकहरूसँग कुराकानी गरिरहेका  देखिन्थे भने लोकन्थलीका ट्राफिक दायाँबायाँ दुवैतर्फको लामो गाडीहरूको  ताँती हेरेर बसिरहेका देखिन्छन् । 
लामो जाम भएका स्थानहरूमा पनि सार्वजनिक सवारीका साधनहरूले जथाभावी यात्रु  चढाउने र ओराल्ने गरेकाले झनै जाम बढी भएको देखिन्थ्यो । जाम हुँदा एकै  लस्करमा बस्नुपर्ने गाडीहरू जथाभावी ओभरटेक गरिरहँदा पनि ट्राफिक रमिते  बनेर बसिरहेका देखिन्थे । 
'भक्तपुरबाट काठमाडौं जानेहरू पेप्सिकोला हुँदै गुह्येश्वरी निस्केर  जानुभयो भने चाँडै काठमाडौं पुग्नुहुन्छ, लोकन्थलीस्थित सडकमा उभिएका एक  ट्राफिक जवान हाँस्दै भन्दै थिए, 'यताबाट जानुभयो भने त तीनकुने निस्कन  कम्तीमा दुई घन्टा लाग्न सक्छ । लोकन्थली र तीनकुनेको दूरी बढीमा अढाई  किलोमिटर मात्रै छ ।
source:kantipur