नक्कली भारु कारोबारमा भारतीय नै :

काठमाडौं, ६ असोज - नक्कली भारतीय रुपैयाँको कारोबार गर्दै आएको अन्तर्रर्ााट्रय गिरोह ४० लाख ९१
हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेको छ । प्रहरीले लामो अनुसन्धानपछि दर्ुइ भारतीय नागरिकसहित नक्कली भारु कारोबारमा संलग्न सातजनालाई बुधबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग गौशालाका प्रहरी निरीक्षक सन्तोष राठौरका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी निवासी मुद्धार अन्सारी र मुद्धिन आलम रहेका छन् । उनीहरूसँगै नक्कली भारुको कारोबार गर्दै आएका बाराका टेकबहादुुर कार्की, अफताव अन्सारी, सौकत महतो, पर्सर्ाानवासी वीरेन्द्र शाह र पाल्पाका विनोद खत्रीसमेत पक्राउ परेका छन् ।
अभियुक्तहरू थाई एयरवेजको नियमित उडानमा पाकिस्तानबाट बुधबार नेपाल आएका थिए । प्रहरी प्रधान कार्यालयको विशेष टोली र महानगरीय प्रहरी प्रभाग गौशालाको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलको गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको थियो ।
भारतीय नागरिक मुद्धार र नेपाली नागरिक कार्कीले थाई एयरवेजमार्फ सुटकेसमा फल्स बटन बनाइ ल्याएको हजार दरका भारतीय नोट बरामद गरेपछि पाँचजना सहयोगी पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।
विमानस्थल बाहिर आउँदा अध्यागमन विभागको गेटमै प्रहरीले कडा चेकजाँच गर्ने गरेको भए पनि उनीहरू सुरक्षित रूपमा गोल्डेन गेटसम्म आइपुग्न सफल भएका थिए । विमानस्थलको सुरक्षा संयन्त्रलाई कसरी झुक्याउन सफल भए भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
विमानस्थलमा रहेको अध्यागमनले भिडियो एक्स-रेसमेत गरेर चेकजाँच गर्छ । नक्कली भारुको कारोबारमा यसअघि धेरैजसो पाकिस्तानी नागरिक र नेपाली पक्राउ भए पनि भारतीय नागरिक नै संलग्न भएको पाएपछि विशेष र्सतर्कता अपनाइ अनुसन्धान अघि बढाइएको छ । विगत ६ महिनाको अवधिमा मात्रै प्रहरीले तीन पटक भारतीय नक्कली नोट बरामद गरिसकेको छ । अघिल्लो वर्ष८१ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको थियो ।

source:rajdhani