शकुन्तला र निहिता विश्वासलाई सात दिन जेल र ५० रुपैया जरिवाना :

काठमाडौ, आश्विन ११ - अदालतको अवहेलना गरेको अभियोगमा अविवक्ता शकुन्तला थापा र उनीकी छोरी निहिता विश्वासलाई
सर्वोच्चले अदालतले सात दिन जेल र ५० रुपैया जरिवाना गरेको छ । न्यायाधीशद्वय बलराम केसी र रामकुमार साहको संयुक्त इजलासले दिनको २५ रुपैया दरले हर्जना बुझाए जेल सजाय मिनाहा हुने फैसला सुनाएका हुन् । फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसलाको विरुद्ध थापा र विश्वासले अदालत परिसरमै दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै अभिवक्ताद्वय शान्ता सेढांइ र राजन भट्टराई मुद्दा दायर गरेका थिए ।

source:kantipur