कुमारीलाई 'ज्ञानेन्द्र निवास' पुर्‍याइयो :

काठमाडौं, आश्विन ५ - पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रममा सहभागी हुन नदिएपछि
९ पूर्व जिवित कुमारीलाई ज्ञानेन्द्र बस्दै आएको निर्मल निवास पुर्‍याइएको छ । ज्ञानेन्द्रको उपस्थितिमा जिवित कुमारीलाई मंगलबार साँझ सम्मान गर्ने कार्यक्रम छ ।

वसन्तपुरस्थित तलेजु मन्दिरमा ९ पूर्व जिवित देवी कुमारी र ५०४ कन्यालाई पूजा अर्चना गरी सम्मान गर्ने कार्यक्रम राखिएको थियो । गृह मन्त्रालयले 'सुरक्षा दिन नसक्ने' भन्दै ज्ञानेन्द्रको कार्यक्रम रद्द गरेपछि ९ पूर्व जिवित देवी कुमारीलाई निर्मल निवास लगिएको आयोजक विश्व हिन्दु युवा महासंघले जनाएको छ ।

९ पूर्व जिवित देवी कुमारीलाई ७ वटा ट्याक्सीमा राखेर वसन्तपुरबाट लगिएको हो । गृह मन्त्रालयले ज्ञानेन्द्रको कार्यक्रम रद्द गरेपछि आक्रोसित हिन्दु युवाहरुले मंगलबार बिहान केहीबेर नाराबाजी गरेका थिए ।

source:kantipur