जनताले राजतन्त्र व्यूताउनेछनः थापा :

असोज ११ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको सत्ता लिप्साबाट जनता आजित भइसकेकाले
राजतन्त्र ब्युताउने दावी गरेका छन्। 'राजनीतिक दलको सत्ता लिप्साले गर्दा मुलुकको समस्या समाधान भएन,' सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, 'राजनीतिक दलले मुलकको समस्या समाधान गर्न नसकेकाले जनता राजतन्त्रको पक्षमा छन्।'
उनले २०६२-०६३ को जनआनदोलन ताका जनता गणतन्त्रका पक्षमा रहे पनि त्यस यता भएका गतिविधिले राजतन्त्रको पक्षमा जनमत बढेको दावी गरे।

'जनआन्दोलनमा राजनीतिक दलले गणतन्त्रको भ्रम सिर्जना गरेर राजतन्त्रका विरुद्धमा उत्रिए पनि अब त्यो भ्रम जनतामा हट्दै गएको छ,' उनले भने। थापाले पूर्व राजा ज्ञानेन्द्र साहलाई नागरिकका रुपमा धार्मिक कार्यमा जान रोक लगाइनु खेदजनक भएको जिकिर गरे।

उनले संविधानसभाको विघटन गरी ताजा नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए।

source:nagarik