प्रधान मन्त्रीको अर्को चुनाव १० असोजमा :

काठमाडौं, भदौ २२ - प्रधान मन्त्रीको आठौं पटकको चुनाव असोज १० मा हुने भएको छ। मङ्गलबार भएको चुनावबाट पनि
प्रधान मन्त्री चयन हुन नसकेपछि संसदको अर्को बैठक असोज १० गते दिउसो ३ बजेका लागि बोलाइएको हो। प्रधान मन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजिनामा दिएपछि अहिलेसम्म ७ पटक चुनाव भइसकेका छन्।
ती सबै निर्वाचनमा व्यवस्थापिका-संसदमा कायम रहेको सङ्ख्याको ५१ प्रतिशत (३००) मत प्राप्त नगरेका कारण कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेका छैनन्।

प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्।
कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार मंगलबार सातौं पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा हुनेछ।

source:nagarik