काठमाडौँमा भूकम्प :

काठमाडौँ, कात्तिक १ (नागरिक)- काठमाडौँमा आज एकाबिहानै भूकम्पको
धक्का महसूस गरिएको छ। तिब्बत-नेपाली सीमा क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्प काठमाडौँमा बिहान १ बजेर ५६ मिनेटमा महसूस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दू काठमाडौँबाट ९५ किलोमिटर टाढा पर्ने अमेरिकी भूगर्भ सर्वेक्षण तथा भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको तीब्रता ४ दशमलव ९ रेक्टर स्केलको रहेको सो संस्थाले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले भूकम्पको केन्द्रबिन्दू रसुवागढी नजिक रहेको बताएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत मध्य पहाडी क्षेत्रमा महसूस गरिएको केन्द्रले जनाएको छ।

source:nagarik