झुपडीबाट पक्की घर बन्यो, मन्त्रीको :

आश्विन २७ - मन्त्री हुनुअघि वासकै चिन्ताले पिरोलिएकी भौतिक योजना तथा निर्माण सहायक मन्त्री
कलावतीदेवी पासवानलाई यतिखेर वासको चिन्ता हटेको छ । उनी मंत्रीमण्डलमा पहिलोचोटि विपन्न दलित परिवारबाट फोरम -लोकतान्त्रिक) को तर्फबाट मंत्री भएकी हुन् । यो चिन्ता उनले छोटो -एक बर्ष) अवधिमै हटाईन् । मधेसको देहाती पहिरन, सामान्य लवाई खवाईमा गाउँको सानो फुसको झुपडीमा बसेर आफु सहित परिवारको गुजारा चलाएकी कलावतीदेवी पासवानलाई यतिखेर बन्दै गरेको आफनो दुईतले पक्की भवनको लागि निर्माण सामग्री र मजदुर लगायत जुटाउँदैमा फुर्सद छैन् ।
पासवान मंत्री भएको नौ महिनापछि उनले बारा धर्मनगर-१ मा पक्की घर बनाएकी हुन् । 'पाँच बर्षअघि घुंँघट तानेर परिवारलाई खेताला गरेर पालँे' अब घर बनाए पछि चिन्ता हटेको छ' मंत्री कलावतीले भनिन्, 'घरदेखि मंत्री निवाससम्म वासकै समस्या थियो ।' श्रीमान् सहित चार छोरी र दुई छोरा छन् । मन्त्री पासवानकी अनुसार करिब २५ लाखको लागतमा यो घर निर्माण भएको छ । जसका लागि सरकारले पनि मद्दत गरेको उनले बताईन् ।
घरायसी कामको व्यस्ततासँगै उनी अहिले निकै खुसी देखिन्छिन् । खुसीको कारण हो - उनी समान्य नागरिकबाट एकाएक मंत्री भएपछि पक्की घर बनाउन सफल भएकी छिन् । मंत्री बन्दा बस्नका लागि मन्त्री निवासमा ठाउँ नपुगेर उनी अहिले कोठा भाडा लिएर बानेश्वरमा बस्छिन् । मंत्री भएपछि गाउँ आउँदा उनी बस्ने घरको अभावमा सदरमुकाम कलैयाको एक समान्य लजमा स्थायी कोठा लिएर केहि महिना बस्ािन् । तर अहिले गाउँमा उनले घर बनाए पछि अहिले उनी गृह जिल्ल्ाा आउँदा घरमै बस्छिन् । 'घर आउँदा एक्लै होइन साथमा अनेक जना हुने भएकोले घरको समस्याले कलैयामै होटेलमा बस्थें' मन्त्री पासवानले भनिन्, 'गाउँमा सानो झुपडी भएकोले अटाउनै गाह्रो थियो ।' उनी थप्छिन् 'अब घर आउँदा जति जना सँगै भए पनि घर बनेपछि बस्न चिन्ता छैन् । ढुक्कले बस्छौं ।'
'मंत्री बन्दा जति खुसी भएँ उतिकै घर बनाएर खुसी छु' मन्त्री पासवानले भनिन्, 'सरकारी सहयोगले घर बनाएँ ।' उनी भन्छिन् - 'जीवनमा मंत्री बन्छु  भन्न् कल्पना गरेको थिईँन त्यस्तै घर बनाउने कल्पना पनि गरेको थिइँन ।' 'यस्तो घर पुस्तौं वित्दा पनि बन्दैन्थ्यो' मन्त्री पासवानकी पति असर्फी पासवानले भने, 'हामी दम्पत्तिको गाउँ नै प्यारो लागेकोले गाउँमै घर बनायौं ।' भुइतले पुरा भईसकेर दोस्रो तला बन्दै गरेको उनले जानकारी दिए । मन्त्री पासवान दम्पत्तिको अहिले खुसीको सिमा छैन् । प्रधानमंत्री माधवकुमार नेपालको नेतृत्वमा विस्तारित सातौं पटकको ४२ सदस्यीय मंत्री मध्ये कलावती पासवान पनि अहिले एक मंत्री छिन् ।
गाउँलेका अनुसार उनी गाई वस्तु पाल्दै खेताला भई काम गर्थिइन् । पछि उनी गाउँघरमा हुने गरेको महिला हिंसा विरोधी काममा गैर सरकारी संस्था मार्फत सिक्रय भईन् । त्यस क्रममा उनी गाउँलेबाट अनेकौं यातनाको सिकार भईन् । भारत मोतिहारी जिल्ला खडतरीमा जन्मेकी ४० वर्षीय पासवान हस्ताक्षर गर्ने बाहेक लेखपढ गर्न जान्दिँनन् । समान्य खेतीपाती गर्दै जीवनयापन गरिरहेकी पासवान स्थानीय एक गैर सरकारी संस्थामा आवद्ध भई महिला अधिकारको क्षेत्रमा काम गरिरहँदा मधेस आन्दोलन भएपछि उनी राजनीतिमा सक्रिय भइन् ।
लोकतान्त्रिक युगमा विपन्न दलित परिवारबाट मंत्री भएर वासको लागि घर बनाउनु उसको लागि सौभाग्य हो' गाविसका पुर्व अध्यक्ष रामानन्द चौरसियाले भने, 'अरु जना मंत्री भएपछि शहरमुखी भएर घर बनाउँछन् तर यिनले गाउँ रोजेकाले खुसी लागेको छ ।'

source:kantipur