बागलुङ, आश्विन २७ - भक्तजनलाई अभद्र व्यवहार गरेको तथा लागू औषधको धन्दा गरेको आशंकामा
बागलुङ प्रहरीले ५ जना जोगीलाई पक्राउ गरेको छ ।
बागलुङ कालिका मन्दिरमा आएका जोगीहरुले जाँडरक्सी तथा गाजा खाएर होहल्ला गर्ने र भक्तजनलाई दुःख दिएपछि मंगलवार दिउँसो ती जोगीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका जोगीहरुको नाम भने खुलाइएको छैन । लागू औषधको मोल मोलाइ गरिरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
हजारौं भक्तजनको भीड लाग्ने गरेको बागलुङ कालिका मन्दिरमा दर्जनौंको संख्यामा जोगीहरु समेत आउने गरेका छन् । होहल्ला गर्ने, लागूऔषधको गोप्य रुपमा कारोवार समेत गरेको आशंकामा उनीहरुलाई पक्राउ गरेका हौं' बोगटीले भने, 'टाढा टाढा बाट आएका भक्तजनलाई सकुशल पुजा गर्ने वातावरण मिलाउने र गैरकानुनी क्रियाकलाप हुन नदिन उनीहरुलाई पक्राउ गरिएको हो ।'
source:kantipur